बुधबार, असार ३१, २०८३

गोली प्रहार गरी युवकको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनुषा- गोली प्रहार गरी धनुषामा एकजनाको हत्या भएको छ। धनुषाको जनकनन्दनी गाउँपालिका इनर्वास्थित रेल्वे स्टेशन छेउमा धनुषाको कमला नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय राजेश यादवको हत्या भएको हो।

शुक्रबार बिहान करिब ५ बजे रेल्वे लिकको छेउमा यादवको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। यादवको शरीरमा ३-४ गोली प्रहार गरिएको ईलाका प्रहरी कार्यालय इनर्वाले जनाएको छ। प्रहरीले जनाए अनुसार यादवको टाउको र पेटमा गोली लागेको छ।

घटनास्थलबाट कटुवा पेस्तोल १ थान, खोका ३ थान र एउटा मोटरसाइकल फेला परेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको थपलियाले बताएका छन्। यादवमाथि गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको उनको भनाइ छ।

यता प्रहरी स्रोतका अनुसार गोली प्रहार गरी हत्या गरिएका यादव आपराधिक गतिविधिहरुमा संलग्न थिए। गंभीर प्रकृतिका मुद्दामा पक्राउ परेका यादव केहिदिन पूर्वमात्र सिरहा जिल्ला अदालतबाट तारेखमा रिहा भएको एकजना प्रहरी अधिकृतले बताएका छन्। प्रहरी स्रोतका अनुसार यादव आपराधिक घटनामा भारतमा समेत पक्राउ परेर रिहा भएका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।