शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यसरी समातिए पर्सभित्र सुनको बिस्कुट बोक्ने विमानका सफाइ कर्मचारी

यसरी समातिए पर्सभित्र सुनको बिस्कुट बोक्ने विमानका सफाइ कर्मचारी

प्रहरीले पाँचै जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सफाइ कर्मचारी सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिमार्फत् विमान भित्र सरसफाइका लागि खटिएका थिए।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौंबिहीबार अपराह्न करिब ३ बजे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेटहुँदै बाहिर निस्किदै थिए, हिमालय एयरका दुइ सफाइ कर्मचारी, भीमकुमार माबो र सुमन तामाङ।

National life

बाहिर निस्कने क्रममा सेक्युरिटी स्क्रिनिङले उनीहरुसँग केही शंकास्पद वस्तु भएको संकेत गर्यो‍। त्यसपछि खानतलासी गर्दा प्रहरीले उनीहरु दुवैले बोकेको पर्सभित्र टेपले बेरिएको १०–१० थान सुनको बिस्कुट फेला पार्‍यो। 

‘सोधपुछ गर्दै जाँदा थाहा भयो, दुबईबाट काठमाडौं ल्यान्ड भएको हिमालय एयरको विमानभित्र डस्टबिनमा सुन लुकाएर ल्याइएको रहेछ,’ विमानस्थल प्रहरी प्रमुख एसएसपी भिमप्रसाद ढकालले नेपाल समयसँग भने, ‘त्यसपछि कर्मचारी माबो सफाइ गर्ने भन्दै बिमानको शौचालयभित्र पसे। त्यहाँ फोहरसँगै सुनको विस्कुटहरु लुकाइएको थियो। त्यसलाई जम्मा गरेर बाहिर ल्याए। अनि माबो र तामाङले आधा आधा बाँडेर आ–आफ्नो पर्समा राखेका छन्।’ 

एसएसपी ढकालका अनुसार लामो समयपछि एयरपोर्टबाट यसरी संगठित रुपमा सुनतस्करीको प्रयास भएको पाइएको हो। प्रहरीले दुइ कर्मचारीसँग सोधपुछ गर्ने क्रममा विमानमा सुपरभाइजरका रुपमा खटिएका सप्तरीका ताराकान्त चौधरीको पनि यसमा संलग्नता पाइएको छ। 

लगत्तै प्रहरीले अनुसन्धान गर्दै जाँदा बाहिर एयरपोर्टको पार्किङमा दुइ जना तस्करीको सुन कुरिरहेका थिए। कुर्नेहरुमा उदयपुर लिम्चुङबुङका २८ वर्षिया राजेश राई र ४१ वर्षिया ट्याक्सी चालक हेमबहादुर थापा हुन्। 

Shivam cement

प्रहरीले पाँचै जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सफाइ कर्मचारी सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिमार्फत् विमान भित्र सरसफाइका लागि खटिएका थिए। 

‘विविध शैलीमा सुन तस्करी भइरहेका छन्। हुँदाहुँदा संगठित रुप पनि देखियो, यद्यपि हामी निरन्तर अपरेसनमै छौँ। दुई–तीन महिनाका बीचमा १२–१३ किलो सुन पक्राउ गरिसक्यौं,’ एसएसपी ढकालले भने।

प्रकाशित: Apr 29, 2022| 14:40 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।