शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'मुद्दा मिलाइदिन्छु' भनेर ५ लाख घुस लिने मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

'मुद्दा मिलाइदिन्छु' भनेर ५ लाख घुस लिने मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९
National life
Shivam cement

काठमाडौं- सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिएको आरोपमा  पक्राउ परेका मालपोत अधिकृतविरुद्ध  भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार अधिकृत सुनिल कुमार झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

जग्गा सम्बन्धी हक सफाई मुद्दामा फैसला सुनाउँदा भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषामा कार्यरत निमित्त कार्यालय प्रमुखसमेत रहेका झाले सेवाग्राहीबाट ५ लाख घुस लिएका थिए। उनी चैत २८ गते अख्तियारको नियन्त्रणमा पुगेका थिए। 

झाविरुद्ध ५ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्। 


प्रकाशित: Apr 29, 2022| 14:16 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।