सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एमभी दुगड ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा

एमभी दुगड ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा

नेपालको प्रतिष्ठित व्यापारिक घराना एमभी दुगड ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डिया प्रा.लि.को शक्तिशाली ट्रयाक्टर जोन डियर नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं– नेपालको प्रतिष्ठित व्यापारिक घराना एमभी दुगड ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डिया प्रा.लि.को शक्तिशाली ट्रयाक्टर जोन डियर नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ। 

उक्त अवसरमा कम्पनीले चन्द्रागिरि हिल्समा सहयात्राको २० औं वर्ष मनाएको छ। उक्त समारोहमा एमभी दुगड ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रालिका १५० जना भन्दा बढी कर्मचारी तथा जोन डीयर इण्डिया प्रालिका सेल्स एण्ड मार्केटिङ निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जोन) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदिको उपस्थिति थियो ।

दुई दिनसम्म चलेको उक्त कार्यक्रममा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले जोन डीयरसँगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक र खुशीको भएको र शुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको बताए । 

उपाध्यक्ष विवेक दुगडले यो ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले र देशै भर फैलिएको बिक्री तथा सेवा केन्द्रहरु तथा अत्यन्तै जुझारु कर्मचारीहरुको साथले उपभोक्ताले निकै रुचाएको ट्रयाक्टर बन्न सफल भएको बताए।

जोन डीयर इण्डिया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ निर्देशक सत्यन शाहले नेपालकै प्रतिष्ठित र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एमभी दुगड ग्रुपसँगको २० औं वर्ष सम्मको अनवरत सहयात्रा एकदमै प्रभावकारी अनि रोमाञ्चक भएको बताए ।


प्रकाशित: Apr 29, 2022| 14:10 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्