शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शौचालयको फोहोरमा झन्डै अढाई किलो सुन, विमानस्थलबाट ५ जना पक्राउ

शौचालयको फोहोरमा झन्डै अढाई किलो सुन, विमानस्थलबाट ५ जना पक्राउ

करिब अढाई किलोग्राम अवैध सुनसहित ५ जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको विमानस्थल प्रहरी प्रवक्ता उपरीक्षक हिमालय कुमार श्रेष्‍ठले जानकारी दिए।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- करिब अढाई किलोग्राम अवैध सुनसहित ५ जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको विमानस्थल प्रहरी प्रवक्ता उपरीक्षक हिमालय कुमार श्रेष्‍ठले जानकारी दिए। 

National life

पक्राउ पर्नेमा हिमालयन एयरको विमानभित्र सरसफाई गर्ने सुनगाभा सप्लायर्स एन्ड सरसफाई प्रालिका कर्मचारी र ट्याक्सी चालकसमेत छन्। 

प्रहरीले ड्यूटी खटिएका जिल्ला पाँचथर याङवरक गाउँपालिका वडा नम्बर-४का २८ वर्षीय भीम कुमार माबो, नुवाकोट तादी गापा-५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गा.पा २ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गापा २ का ट्याक्सीचालक ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरुङ्गा नपा ४ का ३६ वर्षीय ताराकान्त चौधरीसमेत छन्। 

वैशाख १५ दुबईबाट काठमाडौं आएको हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लि.मार्फत सरसफाई गर्न माबो खटिएका थिए। उनले विमानको शौचालयभित्र फोहरसँगै रहेको सुनको बिस्कुट भेट्टाएका थिए। 

यसपछि उनी बाहिर आई सरसफाइ कम्पनीकै तामाङलाई बोलाई फोहोरसँगै रहेको सुनका बिस्कुट बाँडेर मनिपर्सभित्र लुकाए। यसपछि विमानस्थलको फलामे गेटबाहिर निस्कने क्रममा उनीहरुमाथि स्क्रिनिङ गरिएको थियो। प्रहरीको स्क्रिनिङका क्रममा माबोले बोकी आएको मनिपर्सभित्र टेपले बेरिएको सुनको बिस्कुट थान-१० को  भेटिएको थियो।  यसको तौल अन्दाजी तौल ११६६ ग्राम रहेको थियो।  यस्तै तामाङमाथि पनि स्क्रिनिङ भयो। उनले पनि १० थान सुनको बिस्कुट ल्याएका थिए। 

Shivam cement

यसपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लियो। सोधपुछका क्रममा राई, थापा र चौधरीको संलग्नता भएको देखिएको प्रहरीको भनाइ छ। उनीहरुमाथि थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Apr 29, 2022| 13:58 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।