मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमानको शौचालयमा भेटियो दुई किलो सुन, पाँच जना पक्राउ

विमानको शौचालयमा भेटियो दुई किलो सुन, पाँच जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ३२ ग्राम सुनसहित पाँच जना पक्राउ परेका छन्।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ३२ ग्राम सुनसहित पाँच जना पक्राउ परेका छन्। दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमानभित्र सरसफाइ गर्ने क्रममा शौचालयभित्र सुन फेला परेको हो।

सुन भेटिएपछि खोजबिन गर्ने क्रममा पाँचथर याङवरक गाउँपालिका ४ का २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका ५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका २ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका २ का ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरूंगा नगरपालिका ४ का ३६ वर्क्षीय ताराकान्त चौधरी पक्राउ परेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

उनीहरु विमानस्थलबाट बाहिर निस्कने क्रममा पक्राउ परेका हुन्। उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप तीन जना संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 29, 2022| 13:51 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।