बुधबार, असार ३१, २०८३

न्यायालयलाई कमजोर बनाउने खेल: देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कांग्रेस सभापति देउवाले सरकारले दुर्इ तिहाइको दम्भ देखाएर अदालतमाथि हस्तक्षेप गरी न्यायालयलार्इ कमजोर बनाउने खेल शुरु गरेको बताएका छन्।
 
देउवाले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको नाम संसदीय सुनवाइ विशेष समितिबाट अस्वीकृत गरिनुलाई अदालतमाथिको हस्तक्षेप भएको बताएका हुन।

कांग्रेसको भातृ संस्थता नेपाल मगर संघको दोस्रो महाधिवेशनको शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उद्घाटन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्म ओली प्रमुख रहेको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका जोशीको नाम अस्वीकृत गर्नुले प्रधानमन्त्रीको नैतिकतामाथि नै प्रश्न गठेको बताए।

‘संवैधानिक परिषद्को बैठक बसेर सिफारिस गर्ने प्रधानमन्त्री ओलीले संसदीय सुनुवाइका नाममा कायम मुकायमा प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेर के गर्न खोजेका हुन?’, देउवाले प्रश्न गरे, ‘अदालतमाथिको हस्तक्षेपका बिरुद्धमा कांग्रेस रहेको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।