मंगलबार, साउन २६, २०८३

मृत अवस्थामा तीन जनाको शव फेला

देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका-४ टासिङ्गा डेरा गरी बस्ने महाकुलुङ गाउँपालिका बुङ घर भएका ५५ वर्षीय लाटा काइला भन्ने पुरूष आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

यस्तै सिन्धुली कमलामाई नगरपालिका-६ स्थित बसपार्क प्रतिक्षालय नजिक सोही नगरपालिका-४ घर भएका ५५ वर्षीय बुद्ध बहादुर स्याङबो बिहीबार मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

उता धनुषाको जनकपुर उपमहानगरपालिका-४ राम मन्दिरस्थित पिपल बोट छेउमा पहिचान खुल्न नसकेका अन्दाजी ६० वर्षीय पुरुष बिहीबार मृत फेला परेका छन्। सबै घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 29, 2022| 12:59 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।