शनिबार, असार ६, २०८३

वीपी प्रतिष्ठानमा १८ वर्षपछि नयाँ डाइलासिस मेसिन

प्रतिष्ठानमा यसअघि रहेका ८ शैय्याको कक्षलाई विस्तारित गरी बिहीबारदेखि २० शैय्याको डाइलासिस मेसिन सञ्चालनमा ल्याइएको हो।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डाइलासिस कक्ष सञ्चालनमा आएको छ। प्रतिष्ठानमा यसअघि रहेका ८ शैय्याको कक्षलाई विस्तारित गरी बिहीबारदेखि २० शैय्याको डाइलासिस मेसिन सञ्चालनमा ल्याइएको हो।

National life

अस्पतालमा बिहीबार अपराह्न आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उक्त कक्षको उद्घाटन गरेका छन्। कार्यक्रममा अस्पतालका निर्देशक गौरीशंकर साह, डिनहरू, विभागीय प्रमुखहरू, चिकित्सकहरू, विद्यार्थीहरूको उपस्थिति थियो। 

कक्षको उद्घाटन गर्दै उपकुलपति गिरीले यस युनिट सञ्चालनमा आएपश्चात् पूर्वी भेगमा बढ्दै गएका मृगौलाका बिरामीहरुलाई यस यूनिटले थप मद्दत मिल्ने विश्वास व्यक्त गरे। उनले यो युनिटको विस्तारले यस किसिमको सेवा विस्तारमा कोशेढुंगाको काम गरेको समेत बताए।

पूर्व क्षेत्रकै सबैभन्दा ठूलो र उत्कृष्ठ अस्पतालको रुपमा रहेको प्रतिष्ठानमा यसअघि डाइलासिस गर्ने बिरामीको चाप रहँदै आएको थियो। जडित मेसिनको क्षमताभन्दा बढी बिरामी आएपछि कतिपय बिरामीले सेवा नै नपाउने अवस्था समेत रहेको थियो। २० शैय्यामा उपचार कक्ष विस्तार भएपछि अब बिरामीले सहज रुपमा सेवा पाउने अवस्था बनेको प्रतिष्ठानका प्रवक्ता चुडामणि पोखरेलको भनाइ छ। 

अहिले प्रतिष्ठानमा ५० जना स्थानीय र झण्डै ७० जना बाहिरका समेत गरी करिब १ सय २० जना नियमित डाइलासिस गर्नुपर्ने बिरामी रहेका छन्। त्यसबाहेक इमर्जेन्सी बिरामी समेत आउने गरेका समेत गरी सोभन्दा बढी बिरामीलाई नियमित सेवा दिनुपर्ने अवस्था छ।

Shivam cement

यसअघि रहेका ८ वटा मेसिनले मासिक १ हजार पटक डाइलासिस गर्न सम्भव थियो। सोही कारण करिब ५० जना बिरामीले डाइलासिस सेवा नै नपाएको अवस्था थियो। अब अस्पतालमा डाइलासिस क्षमता बढेर अब २ हजार ५ सय पुगेको छ। योसँगै थप बिरामीले समेत सेवा पाउनसक्ने अवस्था रहेको सह–प्रवक्ता पोखरेल बताउँछन्। 

प्रतिष्ठानमा डाइलासिस सेवा सुरु भएको २३ वर्ष पूरानो इतिहास छ। सन् १९९९ मा तात्कालिन उपकुलपति डा. शेखर कोइरालाको कार्यकालमा सुरु भएको थियो। २ शैय्याबाट सुरु गरिएको उक्त सेवाले अपुग भएपछि त्यो बेला मेडिसिन विभागका डा. सञ्जिव कुमार शर्माले सोही अस्पालबाट आफैंले घर बसेर गर्ने सीएपीडी प्रविधिको डाइलासिसको सुरुवात गरेका थिए। 

सन् २००२ बाट प्रतिष्ठानमा शुरु भएको यो विधि ५ वर्षसम्म अरु कुनै अस्तालमा गरिएन। सन् २००४ मा डा. शर्माकै पहलमा बेलायतस्थित रोयल लण्डन अस्पतालबाट ११ थान डाइलाइसिस मेसिन सहयोग ल्याइएपछि अस्पतालको मेडिकल विभाग अन्तर्गत डाइलासिस युनिटको स्थापना गरिएको थियो। अहिले झन्डै १८ वर्षपछि उक्त युनिटको स्तरोन्नति भएको छ। 

प्रकाशित: Apr 29, 2022| 10:34 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।