शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दूधको ट्यांकरले ठक्करदिँदा चितवनमा साइकल यात्रीको मृत्यु

दूधको ट्यांकरले ठक्करदिँदा चितवनमा साइकल यात्रीको मृत्यु

भरतपुरको विशालचोक पदमपुर सडकमा दूधको ट्यांकरको ठक्करबाट एक जना साइकल यात्रीको ज्यान गएको छ।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

चितवन- भरतपुरको विशालचोक पदमपुर सडकमा दूधको ट्यांकरको ठक्करबाट एक जना साइकल यात्रीको ज्यान गएको छ।

National life

भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा२क ४५७५ नम्बरको दूध ट्यांकरले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। 

ट्यांकरको ठक्करबाट घाइते भएका बारा गढीमाई नगरपालिका–५ बस्ने वर्ष २० को प्रमित भन्ने आदित्य जैसवालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ठक्करबाट घाइते भएका जैसवालको उपचारको लागि भरतपुर अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो। ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Apr 29, 2022| 07:50 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।