मंगलबार, साउन २६, २०८३

रामेछापमा बढ्यो रगतको माग

रगतको माग बढ्नथालेपछि रामेछापमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

रामेछाप- रगतको माग बढ्नथालेपछि रामेछापमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। 

बिहीबार बैंक इन्स्योरेन्स ग्रुप (बिग) रामेछाप र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले संयुक्त रुपमा मन्थलीमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्।

कार्यक्रममा बैंक तथा बिमाको कर्मचारी र बजारका व्यापारी लगायत २ दर्जन रक्तदाताले स्वतस्फुर्त रक्तदान गरेको बिग रामेछापका सचिव विपिन भट्टराइले जानकारी दिए। 

पछिल्लो समय मन्थली अस्पताल र रामेछाप जिल्ला अस्पतालले अपरेशन मार्फत डेलिभरी सेवा उपलब्ध दिन थालेकोले रगतको माग बढ्दै गएकाले रक्तदानमार्फत रक्त संकलन गरिएको सचिव भट्टराईले बताए।

उनले रक्तसंचार सेवा संचालन गर्दै आएको रेडक्रससँग हाल ४० प्याकेट मात्र राख्ने क्षमता रहेकोले क्षमता वृद्धि गरेर धेरै मौज्दात सहितको उपकरण राख्न आवश्यक देखिएको उनको भनाइ छ।

प्रकाशित: Apr 29, 2022| 07:14 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।