बिहीबार, असार ११, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ०८ पैसा र बिक्री दर १२२ रुपैयाँ ६८ पैसा कायम गरेको छ।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ०८ पैसा र बिक्री दर १२२ रुपैयाँ ६८ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२८ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ६४ पैसा र बिक्री दर १५३ रुपैयाँ ३९ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ ५३ पैसा र बिक्री दर १२६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७४ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४९ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३६ पैसा र बिक्री दर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४७ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५९ पैसा र बिक्री दर ९ रुपैयाँ ६४पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।    -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Apr 29, 2022| 06:50 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्