मंगलबार, साउन २६, २०८३

म्यादी प्रहरी मृत फेला

हुम्लाको सर्केगाडमा एक जना म्यादी प्रहरी मृत फेला परेका छन्।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

हुम्ला- हुम्लाको सर्केगाडमा एक जना म्यादी प्रहरी मृत फेला परेका छन्। सर्केगाड गाउँपालिका-६ घर भई सिमकोटमा बस्दै आएका ४४ वर्षीय जसबहादुर रोकाया आफ्नै कोठामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार रोकाया बुधबार मतदान केन्द्रमा खटिएका थिए। ड्युटी सकेर उनी कोठामा सुत्न गएका थिए।

ढोका बन्द गरेर सुतेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए।

रोकायाको मृत्युको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 29, 2022| 06:29 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।