बुधबार, असार ३१, २०८३

इनार सफा गर्न गएका घरबेटी र दुर्इ मजदुरको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सामाखुसीमा इनार सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ।

इनारको सफाइ गर्न इनारभित्र छिरेका काठमाडौं महानगरपालिका वडा न २६ कपुरधारा निवासी घरधनी ७० वर्षका मेघवर्ण गौतम, इनार सफा गर्न गएका मजदुर कैलाली टीकापुरका २३ वर्षका रेशम चौधरी र भारत हजियापुरका ३५ वर्षका अशोक कुमारको मृत्यु भएको हो । 

इनारमा फसेका उनीहरुको उद्धारका लागि स्थानीयले प्रहरीलार्इ खबर गरेपछि स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरिएको थियो । उद्धार गरी ग्रीनसीटी अस्पताल पुर्‍याइएका उनीहरुको बाटैमा मृत्यु भएको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिए ।

इनारमा अक्सिजनको कमीका कारण निसासिएको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।