बिहीबार, कात्तिक १२, २०८३

तिलोत्तमामा एमालेका मेयर घिमिरेले गरे आचारसंहिता उल्लंघन

निर्वाचन आचारसंहिता अनुसार बहालवाला जनप्रतिनिधि पार्टीको प्रचारमा खटिन पाउँदैनन्। तर, घिमिरे भने दैनिक जसो आचारसंहितालाई लत्याउँदै नेकपा एमालेका चुनाव प्रचारका कार्यक्रममा सहभागी हुने गरेका छन्। घिमिरेले बुधबार एमालेका उम्मेदवारहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी भए।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचारमा खटिएका छन्।

निर्वाचन आचारसंहिता अनुसार बहालवाला जनप्रतिनिधि पार्टीको प्रचारमा खटिन पाउँदैनन्। तर, घिमिरे भने दैनिक जसो आचारसंहितालाई लत्याउँदै नेकपा एमालेका चुनाव प्रचारका कार्यक्रममा सहभागी हुने गरेका छन्। घिमिरेले बुधबार एमालेका उम्मेदवारहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी भए।

उक्त कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रदेश अध्यक्ष लिला गिरी लगायतका नेताहरुले नगरपाकिलाका उम्मेदवारलाई प्रशिक्षण दिएका थिए। कार्यक्रममा मेयर घिमिरले बोल्दै पार्टीलाई जिताउन अपिल गरेका थिए।

मेयर घिमिरेले बिहीबार मात्रै वडा नम्बर ४ को एमालेको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरे। निर्वाचन आयोगको आचार संहिताको बुँदा ५ (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ।

निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्यया भण्डारीले बहालवाला जनप्रतिनिधि पार्टीको चुनाव प्रचारमा खटिन नपाउने बताए। बहालवाला प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षदेखि कार्यपालिका सदस्यसम्मले पार्टीका कार्यक्रममा सहभागी हुन नमिल्ने बताए।

यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य पदमा बहाल रहेकै अवस्थामा एमालेका उमेदवारहरूको प्रचार अभियानमा खटिएका छन्। एमालेबाट विजयी भएका यी जनप्रतिनिधहरु उम्मेदवारी दर्ताको समयमा पार्टीकै ब्यानरमा सहभागी भएका थिए।

नगरपालिकाको सामाजिक सञ्जालमा प्रचार  

तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्ने सामाजिक सञ्जाल फेसबुक पेजमा पनि एमाले उम्मेदवारको पक्षमा प्रचार गरिएको समाचार सामग्री पोष्ट गरिएको छ। त्यसको आलोचना भएपछि अहिले भने नगरपालिकाले त्यसलाई हटाएको छ। नेपाली कांग्रेस नगर सभापति हरिलाल पाण्डेले आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। 

प्रकाशित: Apr 28, 2022| 21:40 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...