शनिबार, वैशाख २२, २०८१

जनकपुरमा स्वतन्त्र उम्मेदवारको ‘पुनरुदय’ कति सम्भव?

विगतको चुनावी ट्रेन्ड, अन्य उम्मेदवारहरु परीक्षण भइसकेको र गठबन्धनमा रहेका दलहरुभित्रै चर्को असन्तुष्टि भएका कारण मनोज साहको बलियो देखिएका छन्। जनकपुरमा फेरि स्वतन्त्र(बागी) उम्मेदवारको पुनर्उदय नहोला भन्‍न सकिन्‍न।
 |  बिहीबार, वैशाख १५, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- स्थानीय निर्वाचन हुन १५ दिन मात्रै बाँकी रहँदा मुलुकका अन्य भागमा जस्तै मधेश प्रदेशको राजधानी जनकपुरमा पनि विभिन्‍न दलका उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका छन्। जनकपुर उपमहानगरपालिका लागि मेयरमा १७ र उपमेयरको लागि १० जना चुनावी मैदानमा छन्। राजनीतिक दलको तर्फबाट मेयरमा सात जनाको उम्मेदवारी परेको छ भने १० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, राजनीतिक दलको तर्फबाट उपमेयरको लागि ६ जनाले र चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

triton college

सत्तारुढ गठबन्धनले मेयरको लागि जनता समाजवादी पार्टी (जसपा)का लालकिशोर साह र उपमेयरको लागि किशोरी साहलाई उम्मेदवार बनाएको छ। यस्तै, मेयरमा मनोज चौधरी र उपमेयरमा रीता कुमारी मिश्रले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट उम्मेदवारी दिएका छन्। शिवशंकर साहले एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका छन् भने उपमेयरमा भर्खरै कांग्रेसबाट पार्टी प्रवेश गरेकी रुना झा उठेकी छन्।

त्यस्तै, लोसपाले टिकट नदिएको झोकमा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्। साहको समूहबाट सरोजकुमार मिश्रले उपमेयरमा उम्मेदवारी दिएका छन्। नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्रले मेयर र बन्दना पाण्ड्येले उपमेयरको रुपमा उम्मेदवारी दर्ता गराएका छन्। 

सिके राउतको जनमत पार्टीबाट मेयरमा अनिता देवी साह र उपमेयरमा सन्तोषकुमार साहले मनोनयन दर्ता गराएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टीबाट मेयरमा विभा ठाकुर र ईश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। नेकपा मालेबाट गीता कुमारी मण्डलले मेयरमा उम्मेदवारी दिएकी हुन्। 

त्यस्तै, मेयरमा स्वतन्त्रतर्फ कांग्रेसका बागी उम्मेदवार मनोज साह, ठेगेदार बलराम महतो, वैद्यनाथ साह, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधीरकुमार महतो प्रतिस्पर्धामा छन्।

corrent noodles
Metro Mart

स्वतन्त्र उम्मेदवारको ‘पुनर्उदय’!

जनकपुरको ‘रेकर्ड’ हेर्दा ०७४ को स्थानीय निर्वाचनमा बाहेक सबै चुनावमा स्वतन्त्र उम्मेदवारले जित हात पारेको देखिन्छ। दशकै जेठो नगरपालिकाहरुमध्येको एक जनकपुर स्वतन्त्र अथार्त बागी उम्मेदवारको लागि उर्बर मानिन्छ। 

विगतको चुनावी ट्रेन्ड, अन्य उम्मेदवारहरु परीक्षण भइसकेको र गठबन्धनमा रहेका दलहरुभित्रै चर्को असन्तुष्टि भएका कारण मनोज साहको बलियो देखिएका छन्। जनकपुरमा फेरि स्वतन्त्र(बागी) उम्मेदवारको पुनर्उदय नहोला भन्‍न सकिन्‍न।

तत्कालीन पञ्‍चात सरकारले नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम ०१७ जेठ १३ मा जनकपुर नगरपालिका गठन गरेको थियो। त्यसबेला श्यामसुन्दर शर्मालाई पञ्‍च सरकारले सीधै ‘चेयरमेन’ बनाएको थियो। त्यसपछि तत्कालीन राजा महेन्द्रले ०१७ सालकै पुस २२ गते नेपालमा पञ्‍चायती व्यवस्था लागु गरेपछि जनकपुर नगरपालिकाको नाम ‘जनकपुर नगर पञ्‍चायत’ राखेका थिए।

०१७ सालदेखिको इतिहास हेर्दा जनकपुरमा ०७४ मा बाहेक कुनै दलले नेतृत्व गर्न पाएका छैनन्। ०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि ०४७ जेठ २८ गतेबाट देशमा नगरपालिका ऐन लागु भयो। र, ०४९ सालमा पहिलोपटक जनकपुर नगरपालिकाको निर्वाचन भएर वृषेशचन्द्र लाल चुनिए।

वृषेशचन्द्रलालले त्यसबेला नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए। कांग्रेसले दिगम्बर रायलाई टिकट दिएपछि उनी स्वतन्त्र रुपमा निर्वाचनमा होमिए र जित हात पारे। उनीसँगै उपमेयरको लागि कांग्रेसबाट असन्तुष्ट भएर बागी उठेका लालकिशोर साह पनि विजयी भए। साह अहिले गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी उम्मेदवार हुन्।

त्यसपछि ०५४ सालमा भएको स्थानीय निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बजरंगप्रसाद साहले विजयी हात पारे। त्यसबेला कांग्रेसबाट दामोदरप्रसाद उपाध्याय र साह आकांक्षी थिए। तर, उपाध्यायले टिकट पाएपछि कांग्रेसबाट असन्तुष्ट साहले बागी उम्मेदवारी दिएका थिए। अन्तत: पञ्‍चायतकालमा दुई पटक प्रधानपञ्‍च रहिसकेका उपाध्यायलाई साहले पराजित गरे।

०५४ सालपछि लामो समय स्थानीय तहको निर्वाचन हुनसकेन। दुई दशकपछि ०७४ सालमा भएको स्थानीय निर्वाचनमा भने ‘ट्रेण्ड’ भत्कियो। तत्कालीन राजपाका लालकिशोर साह नगर प्रमुखमा निर्वाचित भए। जनकपुरमा पहिलोपटक दलको उम्मेदवारले जित हात पारेको थियो।

यसपटक भने जनकपुरको ‘सिनारियो’ स्पष्ट नभएको बताउँछन्, मधेश राजनीतिका जानकार रोशन जनकपुरी। उनकाअनुसार मेयरका उम्मेदवार जति भए पनि मुख्यत: तीन जनाबीच प्रतिस्पर्धा हुने देखिन्छ। गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साह, कांग्रेसबाट असन्तुष्ट भएर बागी उठेका मनोज शाह र ठेगेदार बलराम महत्तोबीच वास्तविक प्रतिस्पर्धा हुने जनकपुरी बताउँछन्।

गठबन्धनबीच नै मतभेद

पार्टी केन्द्रले साझा उम्मेदवारलाई सहयोग गर्न निर्देशन जारी गरे पनि जनकपुरमा भने गठबन्धनमा रहेका दलहरुबीच नै मतभेद देखिन्छ। बुधबार जनकपुरधाममा सत्तारूढ गठबन्धनका उम्मेदवारले आयोजना गरेको पत्रकार सम्मेलनमा जसपाबाहेकका दलका नेता-कार्यकर्ता नै उपस्थित भएनन्। विशेषगरी कांग्रेसको तर्फबाट उपमेयरका उम्मेदवार किशोरी साहबाहेक अन्य कुनै नेता कार्यकर्ता उपस्थित थिएनन्। यसले त्यहाँ गठबन्धनभित्र चर्को असन्तुष्टि उजागर गरेको छ। 

अर्कोतर्फ, गठबन्धनका उम्मेदवार आफैँ जनतामाझ अलोकप्रिय बन्दै गइरहेको जनकपुरीको विश्‍लेषण छ। यसअघिको निर्वाचनमा पनि विजयी भएका लालकिशोर साहमाथि भ्रष्टाचार गरेको आरोप लागेकोले जनतामाझ उनको छवी बिग्रिँदै गएको उनी बताउँछन् ।

त्यस्तै, अर्का प्रत्यासी भनिएका ठेगेदार बलराम महत्तोले पनि ‘पैसाको बल’मा चुनाव जित्‍ने होडमा लागेको जनकपुरीको मूल्यांकन छ। ‘जनकपुरमा पैसाकै बलमा पनि चुनाव जितेको विगतको उदाहरण छ। जस्तै, सञ्‍जय टक्लाले जनअधिकार फोरमबाट टिकट लिएर प्रतिनिधिसभा जितेका थिए। जनकपुर उपमहानगर त्यही क्षेत्रभित्र पर्छ। त्यो हेर्दा पैसाको बलमा चुनाव जितिन्छ भन्‍ने कुरालाई पनि केही पैसावाल नेता चुनावी मैदानमा होमिएको देखिन्छ,' उनले नेपाल समयसँग भने।

कांग्रेसबाट असन्तुष्ट भएर बागी उम्मेदवारी दिएका मनोज साहले पनि आफ्नो जित हुने दाबी गरेका छन्। गठबन्धन (कांग्रेस) भित्रै असन्तुष्ट रहेका कार्यकर्ताले आफूलाई मत हाल्‍ने आँकलन गर्दै चुनाव जित्‍ने दाबी उनको छ। साहले यसअघि लालकिशोरसँग पराजित भएका थिए। 

केन्द्रीय गठबन्धनले जनकपुरको नगरप्रमुख जसपालाई दिने सहमति गर्दा कांग्रसको नगरसमितिले त्यसको विरोधसमेत जनाएको थियो। गठबन्धनको निर्णय सच्याउन माग गर्दै नगरसभापति मनोज साहले २४ घण्टे अल्टिमेटम दिएका थिए। तर, पार्टीले निर्णय नसच्याएपछि उनले साधारण सदस्यसमेत नरहेन गरी राजीनामा दिँदै मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। यसरी कांग्रेसभित्रै असन्तुष्ट रहेका कार्यकर्ताले समेत बागी उम्मेदवार साहलाई नै मत हाल्नसक्ने जनकपुरीको आँकलन छ। 

जनकपुर उपमहानगरपालिकालाई कांग्रेसको गढ मानिन्छ। तर, कांग्रेसभित्रै चर्को असन्तुष्टि रहेकोले गठबन्धनले अपेक्षा गरेअनुसारको मत पाउने सम्भावना कम छ। यस्तै मधेश केन्द्रित दल पनि विभाजित देखिन्छ। गठबन्धनको कारण जसपाका उम्मेदवार साहको सम्भावना देखिए पनि असन्तुष्ट कांग्रेसीले मत देलान् भनेर विश्‍वस्त हुने अवस्था नरहेको जनकपुरी बताउँछन्। 

उनले भने,‘विगतको चुनावी ट्रेन्ड, अन्य उम्मेदवारहरु परीक्षण भइसकेको र गठबन्धनमा रहेका दलहरुभित्रै चर्को असन्तुष्टि भएका कारण मनोज साहको बलियो देखिएका छन्। जनकपुरमा फेरि स्वतन्त्र(बागी) उम्मेदवारको पुनर्उदय नहोला भन्‍न सकिन्‍न।’

प्रकाशित: Apr 28, 2022| 19:50 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...