मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा वाइडबडी 'होल्ड'

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा वाइडबडी 'होल्ड'

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान भरेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी केही समय होल्ड भएको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान भरेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी केही समय होल्ड भएको छ। 

बिहीबार साँझ ५:५५ बजे ल्याण्ड भएको वाइडबडी फर्किनका लागि रनवे सानो भएपछि केही समय होल्ड भएको हो। दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो। 

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सनले निर्माण गरेको विमानस्थलको रनवे तीन हजार मिटर लामो छ। तर, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको लम्बाई भने ३ हजार ५० मिटर छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलगायत पूरा क्षमतामा यात्रु बोकेर वाइडबडीले उडान भरेको थियो। जहाजको सिट क्षमता दुई सय ७४ छ।

नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भरेको हो। विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ।



प्रकाशित: Apr 28, 2022| 19:05 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्