मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • गायक तिमिल्सिनाको 'मेयर मोह' : पञ्चदेवल विनायकबाट बने स्वतन्त्र उम्मेदवार

गायक तिमिल्सिनाको 'मेयर मोह' : पञ्चदेवल विनायकबाट बने स्वतन्त्र उम्मेदवार

स्वतन्त्र उठेर मेयरमा जित्ने आशाका साथ भोटका यतिबेला उनी दौडधूप गरिरहेका छन्। जनताको घरदैलो पुगेर तिमिल्सिनाले भोट मागिरहेका हुन्।
 |  शुक्रबार, वैशाख १६, २०७९

राज सरगम

राज सरगम

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं– गायक टंक तिमिल्सिना यतिखेर निकै दौडधूपमा छन्। उनको दौडधूप गीतसंगीतका लागि भने होइन। उनी यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मेयरमा प्रतिस्पर्धा गर्दैछन्। तिमिल्सिनाले अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

triton college

यति बेला उनी आफ्नो चुनावी प्रचारप्रसारमा व्यस्त बनेका हुन्। तिमिल्सिनाले तीन सयभन्दा बढी लोक र देउडा गीत गाइसकेका छन्। तिमिल्सिना पञ्चदेवल विनायक नगरपालिका–१ का वासिन्दा हुन्। उनी एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन्। 

स्वतन्त्र उठेर मेयरमा जित्ने आशाका साथ भोटका यतिबेला उनी दौडधूप गरिरहेका छन्। जनताको घरदैलो पुगेर तिमिल्सिनाले भोट मागिरहेका हुन्। उनले सांगीतिक क्षेत्रमा राम्रै चर्चा कमाएका छन्। गीतसंगीतका साथै उनी समाजसेवाका क्षेत्रमा पनि सक्रिय छन्। पञ्चदेवल विनायक नगरपालिकाको विकासका लागि आफ्नो छुट्टै योजना रहेको तिमिल्सिना बताउँछन्। ‘राष्ट्रिय स्तरमै सबैको मन जिती पञ्चदेवल विनायक नगरपालिकालाई नमुना नगरपालिकाको रूपमा स्थापित गर्ने योजनामा छु,’ उनले भने। 

उनी आजसम्म कुनै पार्टीमा आवद्ध छैनन्। नगरको विकासका लागि भन्दै स्वतन्त्र उम्मेदवारी दिएसँगै उनले प्रशंसा पनि बटुलिरहेका छन्। २६ वर्षका टंक सम्भवतः सुदूरपश्चिमकै कान्छा स्वतन्त्र मेयर उम्मेदवार हुन्। उनले भने, ‘नगरबासीले नयाँ विकल्प खोजिरहेका थिए। म विकल्पको रूपमा प्रस्तुत भएको हुँ। मलाई सबैले साथ दिन्छन् भन्नेमा ढुक्क छु।’

स्वतन्त्र उठेर मेयरमा जित्ने आशाका साथ भोटका यतिबेला उनी दौडधूप गरिरहेका छन्। जनताको घरदैलो पुगेर तिमिल्सिनाले भोट मागिरहेका हुन्।

उनको कुनै राजनीतिक पृष्टभूमि छैन। अघिल्लो दुई तिहाइको स्थानीय सरकारमा पञ्चदेवल विनायक नगरपालिकामा बढ्दो भ्रष्टचारका कारण आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए उनले। भने, ‘पञ्चदेवल विनायक नगरपालिकामा १७ करोड बेरूजु छ। नगरका आधा मानिस पलायन भएका छन्। मलामी जाने मान्छे समेत पनि छैनन्। तिनलाई रोक्ने कसले? विकासको नाममा सस्तो डोजर चलाएर गाउँलाई ध्वस्त पारेका छन्। केही नयाँ तरिकाले नेपालकै नमुना नगरपालिका बनाउने र भ्रष्टचारलाई रोक्ने प्रतिबद्धताका साथ म स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हुँ।’ 

corrent noodles
Metro Mart

स्वतन्त्र मेयर जित्न सक्नुहुन्छ त भन्ने प्रश्नमा उनले जित्ने आत्मविश्वास सुनाए। उनले भने, ‘१५ हजार ८ सय २० भोटर छन् हाम्रो नगरपालिकामा। पाँच उम्मेदवार छन्। स्वतन्त्रबाट म एक्लो छु। कम्तीमा पनि ३५ सय भोट ल्याइयो भने जितिन्छ। तर, ४ हजार बोट ल्याउने सम्भवानाका साथ दौडधूप गरेको छु।’ 

तिमिल्सिनाले नगरभित्र २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, प्रयोगशाला स्थापना, गर्भपतिलाई निःशुल्क क्यालसियम चक्की वितरण, जेष्ठ नाागरिकलाई निःशुल्क स्वास्थ्य सेवा, स्थानीय स्तरमा उच्च शिक्षा, स्वास्थ्य बिमामा १ सय प्रतिशत अनुदान उपलब्ध गराउने, ५० बेडको अस्पातल निर्माण गर्ने र जेष्ठ नागरिकलाई हेरबिचार केन्द्रमार्फत निःशुल्क, निःशुल्क एम्बुलेन्स सेवा, सामाजिक सुरक्षा भत्ता, बेरोजगार युवायुवतीलाई मासिक ५ हजार बेरोजगार भत्ता उपलब्ध गराउने तथा लोक कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धताका साथै, पन्चदेवल विनायक नगरपालिकालाई स्मार्ट नगरको रूपमा विकास गर्ने उनको घोषणा पत्रमा रहेको छ। 

उनको कुनै राजनीतिक पृष्टभूमि छैन। अघिल्लो दुई तिहाइको स्थानीय सरकारमा पञ्चदेवल विनायक नगरपालिकामा बढ्दो भ्रष्टचारका कारण आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए उनले।

नगरभित्र खेलकुदको विकास, महिला सशक्तिकरण, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन, धार्मिक, सास्कृतिक तथा ऐतिहासिक सम्पदाको सरक्षण तथा प्रवद्र्धन, खोला, सार्वजनिक जग्गा, मठमन्दिर, पाटीपौवा तथा घाट सरक्षण, स्थानीय वाजा संरक्षण, जनजाति उत्थान तथा प्राकृतिक सम्पदाको संरक्षण, चाडपर्व, धार्मिक मेलाको प्रवद्र्धन तथा संरक्षण गरी नगरवासीलाई सांस्कृतिक एकताको सूत्रमा बाँध्ने तिमिल्सिनाको योजना छ। ‘म केवल पन्चदेवल विनायक नगरपालिकाको समृद्धिका लागि मेयरमा उठेको हुँ’, उनले नेपाल समयसँग भने। 

सुदूरको ठाडी भाका, देउडा, लोकदोहोरी र व्यावसायिक गीत गाउँदै आएका टंकका ‘चल्यो बतास’, ‘क्या खत्रा थियो जोक’, ‘तिमी जे सुकै गर’, ‘हुक्का बार’, ‘साली–भेना’ जस्ता दर्जनौ गीत हिट छन्। टंक तिमिल्सिना नामको युट्युबमा साढे ६ लाख सब्स्क्राइबर छन् भने उनका आधा दर्जन गीत करोड क्लबमा छन्। 

नगर विकासमा वैज्ञानिक मिसन रहेको दावी गर्ने टंक गीतसंगीतमा राम्रै स्थापित भएका छन्। राजनीतिमा भने उनी स्थापित होलान्–नहोलान् वैशाख ३० ले निर्धारण गर्छ।

प्रकाशित: Apr 29, 2022| 07:00 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।