बिहीबार, कात्तिक १२, २०८३

'मी टू'बारे प्रश्न सोधेपछि रिसले चुर भए स्थापित, प्रश्नकर्तालाई फर्काए 'थुतुनो ठिक नभएको' जवाफ

'मी टू'को प्रश्न सोध्नेबित्तिकै उनी कुर्सीबाट उठेर। प्रश्नकर्तामाथि खनिए। ‘मलाई लागेको आरोप लगाइयो। आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ,’ विद्यार्थीप्रति जंगिदै स्थापितले भने, 'यु आर नाइस लेडी तर तपाईंको थुतुनो ठिक छैन।’
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापित ‘मी टू’का विषयमा प्रश्न सामना गर्नु परेपिछि आक्रोशित बनेका छन्। नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनाव : युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले स्थापितलाई लागेको ‘मी टू’ आरोपबारे प्रश्न गरेपछि स्थापित आक्रोशित बनेका हुन्। 

'मी टू'को प्रश्न सोध्नेबित्तिकै उनी कुर्सीबाट उठेर। प्रश्नकर्तामाथि खनिए। ‘मलाई लागेको आरोप लगाइयो। आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ,’ विद्यार्थीप्रति जंगिदै स्थापितले भने, 'यु आर नाइस लेडी तर तपाईंको थुतुनो ठिक छैन।’

यति भनेपछि स्थापितका प्रतिस्पर्धीले नै आफ्नो स्थानमा बस्नका लागि तानेका थिए। विवेकशील साझाकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटाले उनलाई तानेर बसाएकी थिइन्। तर स्थापित सेलाइसकेकै थिएनन्। केहीछिन बसेका उनी फेरि जंगिए। रिसले चुर भएका स्थापितले भने, ‘केशव स्थापित रिसको भाँडा हो। नरिसाउनू भन्न पाइन्छ?’

प्रश्नकर्ता विद्यार्थी भावना राउतले भने एमालेले महिलालाई आपत्तिजनक शब्द प्रयोग गरी आवेग प्रदर्शन गर्ने स्थापितलाई मेयर बनाएकाले अब  महिला अधिकारका लागि सडकमा  नआउन सुझाव दिएकी छन्। 

'एमालेका महिला सांसद अधिकारकर्मीहरु, बिन्ति! अब महिला हकहित का लागि भन्दै सडक नआउनु होला किनकि तपाईको पार्टीभित्रको मौनताले दुर्घटना निम्ताएको छ,' उनले फेसबुकमा  स्टाटस लेखेकी छन्। 

यसअघि काठमाडौं महानगरपालिकाको मेयरमा स्थापित भएका बेला महानगरकै पूर्वकर्मचारी रश्मिला महर्जन र पत्रकार उज्ज्वला महर्जनमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए। सोही विषयमा भावनाले प्रश्न स्थापितलाई प्रष्ट पार्न भनेकी थिइन्। 

प्रकाशित: Apr 28, 2022| 15:30 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...