काठमाडौं- केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको नौ महिनाको तथ्यांक समेटेर विभागले प्रारम्भिक आर्थिक वृद्धिदर प्रक्षेपण गरेको हो।
विभागले चालू आर्थिक कूल गह्रास्थ्य उत्पादनको वृद्धिदर आधार मूल्यमा ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
कृषि क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, गैरकृषि क्षेत्रको वृद्धिदर ६.९ हुन प्रक्षेपण गरिएको छ।
कूल गह्रास्थ्य उत्पादन आधार मूल्य ४१ खर्व ५ अर्व पुगेको छ। गत आर्थिक वर्ष आर्थिक वृद्धिदर ४.३ प्रतिशतको लक्ष्य हासिल भएको विभागले जनाएको छ। विभागले गत वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो।