शनिबार, असार ६, २०८३

पर्खालबाट हाम फालेका आमाछोरा मध्ये आमाको मृत्यु

भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ स्थित कमेरेटारमा पर्खालबाट हाम फालेका आमाछोरा मध्ये आमाको ज्यान गएको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ स्थित कमेरेटारमा पर्खालबाट हाम फालेका आमाछोरा मध्ये आमाको ज्यान गएको छ। 

National life

गएराति पर्खालबाट हाम्फाल्दा मोरङको सुन्दरहरैचा नगरपालिका-९ घर भएर भक्तपुर बस्दै आएकी ७४ वर्षीया मनमाया तिमल्सिनाको मृत्यु भएको हो।

पर्खालबाट हामफालेका मनमायाका छोरा ४९ वर्षीय मातुराम तिमिल्सिना घाइते भएका छन्। मातुरामको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आमाछोरा डिप्रेशनका बिरामी भएको बताइएको छ।

उनीहरूले लेखेर छाडेको सुसाइड नोट घटनास्थलमा भेटिएको छ। नोटमा मानसिक र शारीरिक रुपले अशक्त हुँदा आफूहरू यो निर्णयमा पुगेको उल्लेख छ।

प्रकाशित: Apr 28, 2022| 12:32 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।