मंगलबार, साउन २६, २०८३

गायक प्रमोद खरेल सवार कार दुर्घटना

गायक प्रमोद खरेल सवार कार दुर्घटनामा परेको छ। खरेलले बुधबार साँझ आफू सवार कार दुर्घटनामा परेको सामाजिक सञ्चालमार्फत जानकारी दिएका छन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- गायक प्रमोद खरेल सवार कार दुर्घटनामा परेको छ। खरेलले बुधबार साँझ आफू सवार कार दुर्घटनामा परेको सामाजिक सञ्चालमार्फत जानकारी दिएका छन्।

उनी तुलसीपुरस्थित दाङमा हुने कार्यक्रममा सहभागी हुन जाँदा आयोजकले चलाएको कार दुर्घटनामा परेका हुन्। खरेलले  आफ्नो स्थिति सामान्य रहेको बताएका छन्।

‘हामी चढेको कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निन्द्रा मै मेरो होश त्यही गुम्यो। अरू नै कोहीले नजिकको अस्पतालमा पुर्‍याएको थियो। झन्डै मेरो ४५ मिनेटपछि होश खुल्यो। गाडीको एयरब्याग र सिट बेल्टले ज्यान जोगाएछ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले आफूसँगैका अन्य दुई जनालाई रक्ताम्य देख्दा थप आत्तिएको बताएका छन्। उनले आफू  राति ४ बजेमात्रै अस्पतालबाट डिस्चार्ज भएर काठमाडौं आइपुगेको बताएका छन्। 

काठमाडौं आएपछि करिब ६ घण्टा अस्पतालमा चेक जाँच गर्दा सबै रिपोर्ट सामान्य आएको उनले बताए। बाहिरी चोट भएका कारण केही समय घरमै आराम गर्ने उनले  जानकारी दिएका छन्।

उनले अब कम्तिमा ३/४ दिन सबै रेकर्डिग र अन्य कार्यक्रम स्थगित गर्ने जानकारी दिएका छन्।

प्रकाशित: Apr 28, 2022| 12:18 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।