सोमबार, असोज १२, २०८३

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार बाँडफाँड भएको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं-  सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार बाँडफाँड भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहीबार बिहान ९ बजे सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो। 

मागभन्दा बढी आवेदन परेका कारण आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार सदर आवेदकमध्ये भाग्यमानी ३६ हजार ९४८ जना १० कित्ताका दरले सेयर पाएका छन्। तिनै सेयर पाउनेमध्ये २० कित्ताभन्दा बढी सेयर खरिदका लागि आवेदन दिनेमध्ये ८ जनाले थप १-१ कित्ता सेयर पाएका छन्। 

कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।

आईपीओमा २२ लाख ५ हजार ६३३ आवेदकले २ करोड ४५ लाख २० हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। तीमध्ये २२ लाख २ हजार ३६१ आवेदकबाट परेको २ करोड ४४ लाख ८३ हजार ६५० कित्ता सदर भएको थियो। बाँकी ३ हजार २७२ आवेदकबाट परेको ३६ हजार ४९० कित्ता बदर भएको थियो।

आईपीओमा २१ लाख ६५ हजार ४१३ जना आवेदकको हात खाली भएको छ।

प्रकाशित: Apr 28, 2022| 10:22 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्