बिहीबार, असार ११, २०८३

रिभ्याम्प नेपालको तेस्रो संस्करण शनिबार

तेस्रो संस्करणले सहभागीहरूलाई प्रत्यक्ष रुपमा सम्भावित ग्राहक, ग्राहक र साझेदारसँग अन्तरक्रिया गर्न र आफ्ना उत्पादन र सेवा प्रवर्द्धन गर्न मद्दत गर्ने प्लेटफर्म प्रदान गरिने बताइएको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९
National life
Shivam cement

काठमाडौं- रिभ्याम्प नेपालको तेस्रो संस्करण आगामी शनिबार ठमेलको छाया सेन्टरमा आयोजना हुने भएको छ। दिनभर चल्ने कार्यक्रममा नेपाली व्यावसायिक क्षेत्रमा सक्रिय नयाँ उद्यम/व्यवसाय तथा प्रमुख व्यापारिक संस्थाको संलग्नता रहने जानकारी आयोजकले दिएको छ।

तेस्रो संस्करणले सहभागीहरूलाई प्रत्यक्ष रुपमा सम्भावित ग्राहक, ग्राहक र साझेदारसँग अन्तरक्रिया गर्न र आफ्ना उत्पादन र सेवा प्रवर्द्धन गर्न मद्दत गर्ने प्लेटफर्म प्रदान गरिने बताइएको छ। 

कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानमा प्रेरित गर्न रिभ्याम्प नेपाल कार्यक्रम फेब्रुअरी २०२१ मा र अगस्ट २०२१ मा भर्चुअअल रूपमा आयोजना गरिएको थियो। 
फाइब्रो नेपाल र आईडिया जार डिजिटलद्वारा संयुक्त रुपमा आयोजित रिभ्याम्प नेपालको यस तेस्रो संस्करणमा हाम्रोबजार डटकमः, सेल पे, हिमालयन जनरल इन्स्योरेन्स, फिनिक्स कलेज अफ म्यानेज्मेन्ट, उपाय सिटी कार्गो, फुड्मान्डु, नेपाल वायुसेवा, सुबिसु, रिलायवल भेन्चर क्यापिटल, जेनिस क्लाउड एकेडेमि, टेक साथी, किताब यात्रा, वेदा एप, मेरोअड्डा, अष्ट्रेन्ड्ली, सिस्क्युब टेक्नोलोजि, द डेनिस, आसियम प्रोड्क्सन, ओहो केक, टिग एप, माकुरा क्रिएसन, हाथी हाथी नेपाल, नेपाल पर्यटन बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायत संस्थाहरूको साझेदारी संलग्नता रहेको छ। 
कार्यक्रममा ५० भन्दा बढी उद्यम व्यवसायहरुको सहभागिता हुनेछ भने ३ हजारभन्दा बढी अवलोकनकर्ताहरूको उपस्थितिको अपेक्षा गरिएकोछ।
प्रकाशित: Apr 27, 2022| 21:31 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्