सोमबार, असोज १२, २०८३

फोन पेको सीईओमा सापकोटा नियुक्त

यसअघि सापकोटा फोन पेमा एसिस्टेन्ट सिइओ थिए। प्रमुख टेक्नोलोजी अफिसरबाट कम्पनीमा आबद्ध भएका सापकोटाले त्यसअघि नेपाल क्लियरिङ हाउसमा सेवा गरेका थिए।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पे  (फोन पे पेमेन्ट सर्भिस लिमिटेड)को प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन्। फोन पे सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी सापकोटालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

सापकोटाको सापकोटाको अनुभवले फोन पेलाई अझ उचाइमा पुर्‍याउने विश्वास कम्पनीले लिइएको छ।

यसअघि सापकोटा फोन पेमा एसिस्टेन्ट सिइओ थिए। प्रमुख टेक्नोलोजी अफिसरबाट कम्पनीमा आबद्ध भएका सापकोटाले त्यसअघि नेपाल क्लियरिङ हाउसमा सेवा गरेका थिए। 

फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थामा सहजै भुक्तानी सेवा गर्न सकिन्छ। फोन पेले  हब पेमेन्टलगायतका सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: Apr 27, 2022| 20:36 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्