सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राजाधानीमा यामाहाको महा-एक्सचेन्ज मेला बिहीबारदेखि

राजाधानीमा यामाहाको महा-एक्सचेन्ज मेला बिहीबारदेखि

बिहीबारबाट राजधानीको भृकुटीमण्डपमा यामाहाको महाएक्सेन्ज मेला सुरु हुने भएको छ। यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले मेला आयोजना गर्न लागेको हो।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौँ- बिहीबारबाट राजधानीको भृकुटीमण्डपमा यामाहाको महाएक्सेन्ज मेला सुरु हुने भएको छ। यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले मेला आयोजना गर्न लागेको हो। 

मेला वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ। मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने र बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले घोषणा गरेको छ। 

एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरिद गर्ने ग्राहकले 'मल्टिप्लाई योर ह्यापिनेस' अफरमा सहभागी हुने अवसर पाउनेछन्। यो अफरअन्तर्गत डिजिटल ज्याकपटमार्फत् ग्राहकले दैनिक रूपमा ८ हजार ३१६ र बम्पर उपहारमा २० लाख ७९ हजारसम्म जित्न सक्नेछन्।

एक्सचेन्ज मेलामा टेस्ट राइडको कार्यक्रम पनि राखिएको छ। टेस्ट राइडमा सहभागीबाट हरेक दिन एक जनाले माउन्टन फ्लाइटको टिकट उपहार प्राप्त गर्नेछन्। 

यसैगरी, मेलामा यामाहाका कुनै पनि बाइक/स्कुटर लिन चाहनेहरूका लागि अन द स्पट फाइनान्स सुविधा दिइनेछ। कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक/स्कुटर लिन सकिने कम्पनीको भनाइ छ।

प्रकाशित: Apr 27, 2022| 20:16 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्