बुधबार, असार ३१, २०८३

अचानक किन रोकियो सुनुवाइ समितिको बैठक ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको विषय निर्णय गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक अचानक स्थगित भएको छ । बिहान १० बजेदेखि बसेको बैठकमा सर्वसहमतिबाट निर्णय गर्ने प्रयास भएपनि त्यो सम्भावना नभएपछि बैठक छोटो समयका लागि स्थगित भएको हो । 

स्रोतका अनुसार शीर्ष तहमा परामर्श गरेर टुङ्गोमा पुग्ने तयारीका लागि बैठक स्थगित गरिएको हो । अहिले समितिमा रहेका सदस्यहरु आफ्ना दलका शीर्ष नेताहरुसंग अनौपचारिक छलफलमा जुटेका छन् । अब बस्ने बैठकमा निर्णयका लागि बहुमतिय प्रकृयामा जाने तयारी छ । यसअघि पाँच पटक संसदीय सुनुवाइ समितिको बैठक बसेपनि जोशीको विषयमा निर्णय गर्न सकेको छैन् । 

सत्तापक्ष दल नेकपा प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छ भने विपक्षी दल कांग्रेस उनको नाम अनुमोदन हुनु पर्ने अडानमा छ । समितिबाट जोशीको नाम स्विकृत वा अस्विकृत गर्न दुई तिहाइ मत आवाश्यक पर्छ ।

सत्तापक्ष दल नेकपा र फोरमको मत जोड्दा दुई तिहाई सजिलै पुग्ने देखिन्छ । समितिमा सत्तापक्ष दल नेकपाका ९ र फोरमका १ सदस्य छन् भने विपक्षी दल कांग्रेसका ४ र राजपाका १ सदस्य छन् । दुई तिहाई पुर्याउन सत्ता पक्षलाई कठिन हुने निष्कर्श सहित कांग्रेसले भोटिङमा जान सत्तापक्ष दललाई दवाव दिएको हो । 

जेठ २९ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा समेत रहेका जोशीको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । उनको सुनुवाई सम्पन्न भएपनि प्रमाणपत्रलगायतका विवादमा मुछिएसंगै दलहरु विभाजित भएपछि उनको मुद्दा पेचिलो बनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।