बुधबार, असार ३१, २०८३

कांग्रेस आज संसदमा नजाने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार पनि संसद्को बैठक बहिष्कार गर्ने भएको छ । कांग्रेस संसदीय दलको बैठकले १ बजेका लागि  बोलाइएको संसद्को बैठकमा सहभागी नहुने निर्णय गरेको हो । 

प्रधानन्यायाधीशको संसदीय सुनवाइका लागि रणनीति तयार गर्न कांग्रेस संसदीय दलको बैठक विहान ११ बजेदेखि बसिरहेपनि अहिलेसम्म कुनै ठोस निर्णय भने गरेको छैन् । दलको बैठकलाई लम्ब्याएर संसद्को बैठकमा सहभागिता नजनाउने रणनीति कांग्रेसले तयार पारेको छ । 

बिहीबारको बैठकमा गृहमन्त्री रामबहादुर थापासंग सवाल जवाफ गर्न नपाएको झोकमा कांग्रेसले बैठक बहिष्कार गरेको थियो । कांग्रेसले बैठक बहिष्कार गरे पनि संसद् बैठक चलेको थियो भने शुक्रबार पनि कांग्रेस सहभागी नभए पनि बैठक चलाउने सत्तापक्ष दलका सांसदहरुको रणनीति छ । शुक्रबारको बैठका लागि संसद सचिवालयले कार्यसूची तय गरिसकेको छ । 

पछिल्लो समय कांग्रेस संसद्मा सरसकार प्रति आक्रमक बनेको छ । प्रस्तावित प्रधानन्यायाधीशको सुनवाईलाई दुर्य तिहाईको त्रास देखाउँदै लम्ब्याएर न्यालयमा राजनीतिक प्रभावमा राख्न खोजेको भन्दै कांग्रेसले यसको विरोध गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।