बुधबार, असार ३१, २०८३

एकछिन खुलेको काठमाडौं विमानस्थल फेरि बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–विमानस्थलको रनवेमा चिरा परेपछि शुक्रबार बिहान एक घण्टा अवरुद्ध भएर खुलेको त्रिभुवन विमानस्थल फेरि बन्द भएको छ । 

रनवे अचानक भासिएर चिरा परेपछि शुक्रबार बिहान १० बजेर ४० मिनेटमा बन्द भएको विमानस्थल आकाशमा होल्ड गरेका विमानलाई अवतरण गराउन ११ बजेर ०८ मिनेटमा खुलेको थियो । 

यो अवधिमा अवतरणको पर्खाईमा आकाशमा उडिरहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका विमानको अवतरण गराइएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले नेपाल समयलाई जानकारी दिए । 

अहिले विमानस्थल पुनः बन्द भएको छ । भत्किएको रनवेमा प्राविधिकले मर्मतको काम जारी राखेकाले सवा १२ मा फेरि विमानस्थल बन्द गरिएको प्रवक्ता ठाकुरले बताए । 

त्रिभुवन विमानस्थलमा यसअघि पनि पटक पटक धावन मार्गको पिच उप्किएर उडानअवतरण अवरुद्ध हुँदै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।