शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दशक लामो प्रतीक्षापछि पोचेटिनोले पाएको मीठो फल

पहिलो सिजनमा लिगसमेत नजितेका उनले दोस्रो सिजन सम्पूर्ण उपाधि जित्ने लक्ष्यका साथ युरोपकै तुफानी टिम बनाए। बार्सिलोनाका तत्कालिन कप्तान लियोनल मेस्सी तथा सर्जियो रामोसजस्ता उत्कृष्ट खेलाडी आफ्नो टिममा भित्र्याए।
 |  बुधबार, वैशाख १४, २०७९
nespernesper

शिशिर बस्नेत

शिशिर बस्नेत

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- फ्रान्सेली फुटबल पिरामिडमा शीर्ष डिभिजनको प्रतियोगिता हो लिग वान। जहाँ विश्वका चर्चित खलाडी खेल्ने २० टिमको सहभागिता हुने गर्दछ। त्यहि लिग वानको यो सिजनमा चार खेल बाँकी रहँदै पेरिसको क्लब पीएसजीले शनिबार उपाधि जित्यो। त्यसैले भन्न सकिन्छ यो वर्ष पीएसजीले सानदार रुपमा लिगको उपाधि आफ्नो नाम गरेको छ। उसले दोस्रो स्थानको मार्सेलाई पनि १३ अंकले पछि पारिसकेको छ भन्दा अझै राम्रो सुनिएला।

himalayan bank box

पेरिस सेन्ट जर्मेन (पीएसजी)का मुख्य प्रशिक्षक हुन् मौरिसियो पोचेटिनो। लिग वानमा पीएसजीले लगातार दबदबा बनाइरहेको समयमा उनले चाहिँ करिअरकै पहिलो लिग उपाधि जितेका हुन्। त्यसैले लिग उपाधि जितिरहँदा क्लबका प्रशिक्षक पोचेटिनोको लागि झनै विशेष थियो। सन् २००९ बाट प्रशिक्षण सुरु गरेका उनले पहिलो उपाधिका लागि चाहिँ दशक लामो प्रतीक्षा गर्नुपरेको छ।

लिगमा गएको बुधबार पीएसजीले मार्सेविरुद्ध खेलेको थियो। त्यसैले त्यो खेल पेरिसका समर्थकका लागि धेरै चासोको खेल पनि त थियो। त्यति मात्र होइन। यदी पीएसजीले जित निकालेको अवास्थामा उसले लिग जित्दै थियो। त्यो राति मार्सेविरुद्ध २–१ को जित निकाल्दै पोचेटिनोले आफ्नो प्रशिक्षक जीवनमा ट्रफीको खाता खोले।

‘हामी समर्थकसँगको अप्ठ्यारो समयबाट गुज्रिरहेका छौं। तर यो सम्बन्ध सुधार हुँदै जाने आशा गर्दछौं। हामी लोकतन्त्रलाई मान्छौं र सबै प्रकारका आन्दोलन स्वीकार गर्छौं। तर हामीले यो उपाधिका लागि सम्मान दिन सक्नुपर्छ,’

सन् २०२१ को सुरुवाति सिजनमा इङ्ग्लिस क्लब टोटनहमबाट फ्रान्सेली क्लब पिएसजीमा अनुबन्ध भएका पोचेटिनोले क्लबमा दुई सिजन बिताइसकेका छन्। तर पहिलो सिजन उनका लागि प्रिय रहेन। लगातर जितिरहेको उपाधिमा उनको टिमले हक जमाउन सकेन। त्यो सिजन पीएसजीलाई पछि पार्दै अप्रत्यासित रुपमा लिल्लले जित्यो।

तर पीएसजीको लक्ष्य अब घरेलु लिग जित्नुमा मात्र सीमित रहेन। उनको त्यो ध्येय पछिल्लो खेलाडी सरुवा बजारमा पनि देखिने गरेको छ। प्रशिक्षक तथा खेलाडी परिवर्तन गरिरहँदा पिएसजीको प्रमुख लक्ष्य भनेको युरोपको ‘टप टायर’ च्याम्पियन लिग जित्नु हो। पिएसजीले आधा शताब्दिसम्म यो लिग जित्न सकेको छैन। अर्थात उसले अहिलेसम्म लिग जितेकै छैन।

Metro Mart
vianet

त्यसैले त उसले पछिल्लो केहि सिजनमा च्याम्पियन्स लिग जित्नका लागि भरमग्दुर प्रयास गरेको छ। एन्जल डिमारिया, माउरो इकार्डी, नेयमारजस्ता खेलाडी पनि त्यसै भित्र्याएको होइन। त्यसैमा थिए केलियन एम्बाप्पे पनि। त्यो टिमले पीएसजीलाई च्याम्पियन्स लिगको फाइनल त पुर्यायो तर उपाधि जित्न सकेन।

पीएसजीका मालिक नासर बिन खिलाफीको च्याम्पियन्स लिग जित्ने मनोकामना अझै बलियो हुँदै गयो। तर पीएसजीले गएको सिजनको सुरुमै लिगमा हार बेहोरेपछि प्रशिक्षक थोमस टुचेल बर्खास्तीमा परे।

त्यससपछि पोचेटिनो टिम सम्हाल्न पुगेका थिए। तर अहिलेसम्म लिग नजितेका प्रशिक्षक ल्याएर पीएसजीले रिस्क चाहिँ मोलेकै थियो। त्यसै क्रममा पहिलो सिजन च्याम्पियन लिगको सेमिफाइनल सम्म पुर्याएर क्लबको सपना पूरा गर्ने लक्ष्यमा थिए, पोचेटिनो। तर सेमिफाइनलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीसँग नमिठो हार व्यहोर्दै च्याम्पियन्स लिगबाटै बाहिरिए। त्यो सिजन उनको हातमा एकमात्र ट्रफी रह्यो– फ्रेन्च कप।



पहिलो सिजनमा लिगसमेत नजितेका उनले दोस्रो सिजन सम्पूर्ण उपाधि जित्ने लक्ष्यका साथ युरोपकै तुफानी टिम बनाए। बार्सिलोनाका तत्कालिन कप्तान लियोनल मेस्सी तथा सर्जियो रामोसजस्ता उत्कृष्ट खेलाडी आफ्नो टिममा भित्र्याए। टिममा सँगै भित्रिएका थिए इटालियन गोलकिपर जियान्लुइजी डोनारुमा र अर्चिफ हकिमी। त्यो अवस्थामा पीएसजी युरोपकै स्टार खेलाडी भएको टिम बनेको थियो। ‘अब पीएसजीलाई कसले हराउन सक्ने?’ फुटबल समर्थकहरुमा यस्तै हल्ला चल्ने गरेको थियो। जहाँ पाचेटिनोले खेलाडी ट्रान्सफरमै तहल्का मच्चाउने खेलाडी भित्र्याए।

पोचेटिनोको दोस्रो सिजन त्यसरी नै सुरु भयो। उनको लक्ष्यै थियो– सम्पूर्ण उपाधि जित्ने लक्ष्यका साथ सिजनको सुरुवात गर्ने। लियोनल मेस्सी, नेयमार जुनियर र केलियन एम्बाप्पे जस्ता उत्कृष्ट खेलाडी आफूसँग भएपछि सफलतापूर्वक सिजनको समाप्ति गर्ने दाउमा थिए पोचेटिनो। च्याम्पियन्स लिग जित्ने जिम्मेवारी त थियो नै।

उनले लय नसमातेका पनि होइनन्। च्याम्पियन्स लिगको अन्तिम १६ मा सुरुआति अग्रता पनि बनाएकै हो। तर रियल मड्रिडमा रहेका आफ्नै देशका करिम बेञ्जिमाले रिटर्न लेगमा ह्याट्रिक गरेपछि पीएसजीको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लाग्यो।

त्यति मात्र होइन यो समाचारले त पीएसजी र समर्थकको सम्बन्ध पनि चिसियो। खेलाडीले अपेक्षाअनुरुपको खेल प्रस्तुत नसक्नु तथा आफैँले बनाएको रणनीति विपक्षीसामु कमजोर सावित भएपछि क्लबले उपाधि जित्न सकेन। उपाधि मात्र होइन ऊ क्वार्टरफाइनलै पुग्न सकेन।

तर, गएको बुधबार अवे मैदानमा लिग जितेपछि पीएसजीले शनिबार घरेलु मैदानमा लिगको उपाधि जितेको उत्सव मनायो। त्यो दिन उसले लेन्जसँग बराबरी खेलेको थियो। त्यो खेलका दौरान पीएसजीका समर्थक क्लबसँग कति रिसाएका रहेछन् त्यो प्रकट भयो।

त्यो दिन क्लबका फ्यानहरुले खेलाडीप्रति आक्रोश व्यक्त गर्नुका साथै चर्को आलोचनासमेत गरे। करिअरकै पहिलो उपाधि जितिरहँदा पोचेटिनोसँग समर्थकहरुले खुसियाली भने मनाउन पाएनन्। मड्रिडसँगको पराजयपश्चात् टिमप्रति समर्थकहरुले उपाधि जितेको खुसीयालिसमेत मनाएका छैनन्। शनिबार राति लेन्सविरुद्धको खेलमा रेफ्रीले अन्तिम ह्विसेल फुक्नुअघि नै  समर्थकहरुले मैदान छाडेका थिए।

‘हामी समर्थकसँगको अप्ठ्यारो समयबाट गुज्रिरहेका छौं। तर यो सम्बन्ध सुधार हुँदै जाने आशा गर्दछौं। हामी लोकतन्त्रलाई मान्छौं र सबै प्रकारका आन्दोलन स्वीकार गर्छौं। तर हामीले यो उपाधिका लागि सम्मान दिन सक्नुपर्छ,’ उपाधि जितेपछि प्रशिक्षक पोचेटिनोले भने।



फुटबल पण्तिडहरुले विश्लेषण गर्दै आइरहेको कुरा हो कि, पोचेटिनोको खेल शैली फुटबलमा विपक्षीलाई उच्च दबाब दिने हुन्छ। दबाबसँगै आक्रामक खेल प्रस्तुत गर्न उनी मन पराउने गर्दछन्। उनी ४–२–३–१ को फर्मेसनमा खेलाउन रुचाउने प्रशिक्षक हुन्। जसले गर्दा विपक्षीलाई छक्याउँदै बललाई अट्याकिङ थर्ड पुर्याउन सहज हुने गर्दछ।

मौरिसियोको प्रशिक्षण यात्रा

सन् २००९ मा स्पेनिस क्लब स्पानियोलको प्रशिक्षक बनेपछि पोचेटिनोको प्रशिक्षण यात्रा सुरु भएको थियो। २००९–१० मा क्लबलाई उनले मिडिल टेबल (११औं स्थान) मा राख्न सफल भए। एस्पानोयलमा रहँदा उनले प्रशिक्षण शैली निखार्दै लगे र प्रशंसा पनि बटुले। एस्पानोयल बसाइका ती चार वर्षको दौरान राम्रो प्रदर्शन गरे पनि उपाधिविहिन रहे।

त्यसपछि उनलाई इंग्लिस क्लब साउथ ह्याप्म्टनबाट प्रस्ताव आएको थियो। उनले त्यो स्विकार पनि गरे। अब उनी प्रिमियर लिग क्लबका प्रशिक्षक बने। यसरी इंग्लिस क्लबमा प्रशिक्षक बन्ने दोस्रो अर्जेन्टाइन प्रशिक्षक समेत बनेका थिए। यसअघि ओहोवाल्डो अर्डिलेजले प्रियिमर लिगमा न्युकासल क्लब सम्हालेका थिए।

पहिलो सिजनमा पोचेटिनोले साउथह्याम्टनलाई आठौं स्थानमा पुर्याउन सफल भए। सन् २००३ पछि क्लबले पाएको सबैभन्दा उत्कृष्ट स्थान पनि त त्यहि रह्यो। तर उनको कार्यकाल एक वर्षको मात्र रह्यो।

अब उनको यात्रा लन्डनतिर मोडिँदै थियो। टोटेनहमले उनलाई क्लबको सिनियर टिमको जिम्मा लगाउँदै थियो। इंग्ल्यान्डकै कप्तान ह्यारी केन अनि सन ह्युङ मिनजस्ता खेलाडी रहेको क्लबमा उनले आफ्नो प्रशिक्षण कला देखाउने मौका पाउने भए। ५ वर्षको लागि सम्झौता पनि भयो। टोटनह्यामसँग उनको बसाइ भने सम्झनलायक छ। पहिलो सिजन नै क्लबलाई पाचौँ स्थानमा ल्याए।

पछिल्लो पटक चेल्सीले उपाधि जितेको सिजन त क्लबले दोस्रो स्थान नै हात पार्यो। टोटेनहम त्यतिबेला चर्चाको शिखरमा थियो। अर्को सिजन तेस्रो स्थानमा रहँदा पनि टोटेनहमको खेल हेर्नलायक थियो। त्यहि वर्ष त हो रसियामा विश्वकप आयोजना भएको र टोटेनहमका फरवार्ड ह्यारीले गोल्डेन बुट जितेका।

यि सबै भइरहँदा यता पोचेटिनो प्रिमियर लिगमा टोटेनहमका लागि सय खेल जित्ने पहिलो प्रशिक्षकको कीर्तिमान बनाइरहेका थिए। सन् २०१९ त पोचेटिनोको लागि झन् विशेष रह्यो। उनले क्लबलाई इतिहासकै पहिलो पटक च्याम्पियन लिगको फाइनल पुर्याए। टोटेनहमले अहिलेसम्म पाएको सबैभन्दा ठूलो उपलब्धि पनि यहि हो। तर फाइनल खेलमा घरेलु प्रतिद्वन्द्वी लिभरपुललाई हराउन सकेन।

त्यो सिजनको अन्त्यमा क्लबले १४ औ स्थान मात्र पाएपछि जोसे माउरिन्होले उनलाई विस्थापित गरेका थिए। उनले टोटनहमलाई च्याम्पियन लिगको फाइनल र लिगको दोस्रो स्थानसम्म पुर्याउनु नै ठूलो सफलता बन्यो। पाँच वर्षे अवधिमा क्लबलाई कुनै उपाधि दिलाउन सकेनन्।

व्यक्तिगत रुपमा सफल रहेर पनि टिमलाई उपाधि दिलाउन नसकेको भन्दै प्रशिक्षक पोचेटिनो र कप्तान ह्यारी केनको आलोचना चाहिँ भइरह्यो। सम्झौता बाँकी रहँदै उनी बर्खास्त भए र २०२१ यता फ्रान्सेली क्लब पिएसजीमा छन्। 

लामो प्रशिक्षणको यात्रामा उनले अहिले आएर मात्र पहिलो पटक लिगको उपाधिको स्वाद चाखेका छन्। तर समर्थकको दुःखी अनुहार उनको अघि च्याम्पियन्स लिग उपाधिको सपना देखेर बसिरहेको छ।

     –समाचार एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Apr 27, 2022| 07:53 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।