सोमबार, असोज १२, २०८३

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

खनालले बुधबारबाट कार्यभार सम्हालेका छन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं- कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले ४ वर्षका लागि खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय मंगलबार गरेको हो। 

खनालले बुधबारबाट कार्यभार सम्हाल्ने छन्। चार वर्षका लागि नियुक्त भएका खनाल यसअघि कुमारीमै कार्यबाहक सीईओ थिए।कुमारीमा एसिस्टेन्ट जनरल म्यानेजरबाट सेवा सुरु गर्नुअघि उनले सिद्धार्थ बैंक, प्राइम लाइफ इन्स्योरेन्स, सानिमा बैंकमा काम गरेका थिए। 

३९ वर्षीय खनाल बैंकिङ सेवाको १४ वर्षमै वाणिज्य बैंकको सीईओ बनेका हुन्। उनी आइक्यानमा काउन्सिल सदस्य पनि हुन्।

प्रकाशित: Apr 26, 2022| 21:20 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्