बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं एयरपोर्टको रनवेमा चिरा परेपछि एक घण्टा उडान बन्द

काठमाडौं एयरपोर्टको रनवेमा चिरा परेपछि एक घण्टा उडान बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे अचानक भासिएर चिरा परेपछि एक घण्टा सबै उडान बन्द भएको छ । 

काठमाडौंबाट उड्ने तयारीमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई विमानस्थलमै ग्राउन्डेड गरिएको थियो भने अवतरणका लागि काठमाडौं आएका विमानहरुलाई एक घण्टासम्म आकासमै होल्ड गरिएको थियो । 

विमानस्थलको धावनमार्गको पिच उप्किएपछि त्यसलाई मर्मत गर्न विमानस्थल बन्द गरिएको हो । 

प्राविधिक टोलीको परिचालन पछि मर्मत भएको विमानस्थल सञ्चालनमा आएको छ । त्रिभुवन विमानस्थलमा यसअघि पनि पटक पटक धावन मार्गको पिच उप्किएर उडानअवतरण अवरुद्ध हुँदै आएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।