काठमाडौं– वैशाख लागेपछि वाणिज्य बैंकहरुको निक्षेप झन् घट्न थालेको छ। वैशाखको ९ दिनमा बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले घटेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ।
वैशाखको पहिलो हप्ता दुई कार्यदिनमा मात्र वाणिज्य बैंकहरुबाट १२ अर्ब रुपैयाँ निक्षेप घटेको छ भने दोस्रो हप्ता १० अर्ब रुपैयाँले घटेको छ। त्यसैगरी सोही अवधिमा ३ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको छ ।
चालू आर्थिक वर्षको बैशाख ९ गतेसम्ममा कुल निक्षेप १६६ अर्बले वृद्धि भएको छ। यस अवधिमा ऋण ४७३ भने अर्बले बढेको छ। निक्षेपको तुलनामा अझै कर्जा १८४.९३ प्रतिशतले बढी हो। पछिल्लो एक सातामा विदेशी मुद्राको निक्षेप ४ अर्बले घटेको छ भने ऋण एक अर्बले झरेको छ।