सोमबार, असोज १२, २०८३

तोलामा नौ सयले घट्यो सुनको मूल्य

हिजो सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० ले घटेको महासंघले जानकारी दिएको छ। यस्तै, हिजो तेजाबी सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ थियो।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ९०० रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको हो।

हिजो सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज नौ सयले घटेको महासंघले जानकारी दिएको छ। यस्तै, हिजो तेजाबी सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ थियो।

प्रतितोलाले ९०० रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ छ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम भएको छ। महासंघका अनुसार आज हिजोकै मूल्यमा चाँदीको कारोबार भइरहेको छ। जसअनुसार आज चाँदीको प्रतितोला मूल्य १३ सय ५० रुपैयाँ छ।

प्रकाशित: Apr 26, 2022| 12:21 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्