बुधबार, असार ३१, २०८३

संसदीय सुनुवाइ विशेष समितिको बैठक शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको विषयमा निर्णय लिन बोलाइएको संसदीय विशेष सुनुवाइ समितिको बैठक शुरु भएको छ । 

आठ दिनअघि सुनवाइ गरेपनि जोशीको विषयमा निर्णय गर्न नसकेको समितिले शुक्रबारको बैठकलाई निर्णायक बनाउने तयारी गरेको सुनुवाइ समितिका सदस्यहरुले बताएका छन् । 

तर, सत्तापक्षका तर्फका समिति सदस्यले प्रधानन्यायाधीशमा सिफारिस जोशीको शैक्षिक प्रमाणपत्र र फैसलाहरु विवादीत भएको भन्दै उनको नाम अस्वीकृत गर्नुपर्ने अडानमा र प्रतिपक्षी दलतर्फका सदस्य जोशीको नाम अनुमोदन गर्नुपर्ने बताएपछि समितिले निर्णय लिन सकेको छैन । 

आजको बैठकबाट भने निर्णय लिइ छाड्ने सत्तापक्ष दलका सदस्यहरुको तयारी छ । सकेसम्म सर्वसहमतीबाट नभए बहुमतबाट भएपनि जोशीको बारेमा निर्णय लिने सत्तापक्षीय दल नेकपाका एक सदस्यले जानकारी दिए । कांग्रेसले बहुमतलाई बन्धन बनाउन खोजेको भन्दै आज कांग्रेसले सहमति नदिए पनि निर्णय हुनसक्छ ती सदस्यले भने । 

समितिबाट जोशीको नाम अस्विकृत गर्न दुई तिहाइ मत आवाश्यक पर्छ । सत्तापक्ष दल नेकपा र फोरमको मत जोड्दा दुई तिहाई सजिलै पुग्ने देखिन्छ । समितिमा सत्तापक्ष दल नेकपाका ९ र फोरमका १ सदस्य छन् भने विपक्षी दल कांग्रेसका ४ र राजपाका १ सदस्य छन् । 

जेठ २९ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा समेत रहेका जोशीको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । उनको सुनुवाई सम्पन्न भएपनि प्रमाणपत्रलगायतका विवादमा मुछिएसंगै दलहरु विभाजित भएपछि उनको मुद्दा पेचिलो बनेको छ । 

यसैबीच आजै नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । कांग्रेस संसदीय दलको बैठकबाट जोशीका विषयमा केही धारणा बनाउने विषयमा छलफल हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।