बिहीबार, असार ११, २०८३

इञ्‍जिनियरिङ बिमादर सम्बन्धी निर्देशिका स्थगन

बिमा समितिको आयोजनामा सोमबार काठमाडौंमा निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पाननलगायत विभिन्‍न सरोकारवालाहरूसँग भएको इञ्‍जिनियरिङ बिमादर सम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो जानकारी गराएका हुन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इञ्जिनीयरिङ् बिमा दरसम्बन्धी निर्देशिका, २०७८ हाललाई स्थगन गर्ने जानकारी दिएका छन्। बिमा समितिको आयोजनामा सोमबार काठमाडौंमा निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पाननलगायत विभिन्‍न सरोकारवालाहरूसँग भएको इञ्‍जिनियरिङ बिमादर सम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो जानकारी गराएका हुन्। 

National life

उनले बिमा समितिबाट २०७८ असोज ६ गते जारी भएको इञ्‍जिनियरिङ बिमासम्बन्धीको निर्देशिका हाललाई स्थगन गरी यस सम्बन्धमा सुझाव सहितको प्रतिवेदन बुझाउन बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको छ।

कार्यकारी निर्देशक पौडेल संयोजक रहेका उपसमितिमा निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, नेपाल बिमक संघ र पुनर्बिमा कम्पनीका दुई-दुईजना प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल हेभि इक्युपमेन्ट व्यवसायी महासंघ, सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सर्भेयर एसोसिएसन र पुनर्बिमा कम्पनीका एक-एकजना प्रतिनिधि सदस्य तथा बिमा समितिका प्रतिनिधि सदस्य-सचिव रहेका छन्।

उपसमितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समयावधि तोकिएको छ। यसैगरी, कार्यक्रममा इञ्जिनीयरिङ्ग बिमा दरसम्बन्धी निर्देशिकाविरूद्ध आन्दोलनरत निर्माण व्यवसायी महासंघ, इप्पानलगायतले गर्दै आएका धर्ना लगायतका विरोधका सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्ने निर्णय भएको छ।

कार्यक्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय सम्पत्तिको अन्तर्राष्ट्रिय क्षेत्रका उत्कृष्ट कम्पनीमा पुनर्बिमा हुन सकोस्, राष्ट्रिय सम्पत्तीको सुरक्षा होस्, कुनै कारणले केही भएमा तुरून्तै बिमा दाबी रकम भुक्तानी पाइयोस् र इञ्जिनीयरिङ्ग बिमा गर्दा कार्टेलिङ हुन नपाओस् भन्ने नै समितिको चासोको विषय भएको उल्लेख गरेका छन्। 

Shivam cement

प्रकाशित: Apr 25, 2022| 21:08 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्