बुधबार, असार ३१, २०८३

आजका अखबार : सुनुवाइमा अल्झाए जोशीलाई महाअभियोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित  शुक्रबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

नयाँ पत्रिका र कान्तिपुर दैनिकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीकै विषयलाई मुख्य समाचार बनाएका छन् भने अन्नपूर्ण पोस्ट्ले राजदूत सिफारिस निष्क्रिय हुने अवस्थामा पुगेको विषय प्रमुख खबर बनाएको छ । 

नागरिक दैनिकले भने सिक्टा सिँचाइमा भएको लापरबाहीका कारण आयोजना नै जोखिममा परेको विषयलाई विशेष खबर बनाएको छ । कारोबार दैनिकले भने प्रत्यक्ष वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडी रहेको विषयलाई मुख्य समाचार बनाएको छ ।

आजको कान्तिपुर दैनिकले संसदीय सुनुवाइमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको निर्णय प्रक्रियामा कांग्रेसले अल्झाउन उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने गरि सत्तारुढ नेकपा भित्र लविङ सुरु भएको खुलासा गरेको छ । संसदीय सुनवाई समितिको बैठक पटक पटक सरिरहेको र समितिभित्रको दुईतिहाइ मतलाई कांग्रेसले बन्धक बनाइरहे महाअभियोगसम्म जाने गरि नेकपामा छलफल सुरु भएको कान्तिपुरमा उल्लेख छ ।

सर्वोच्च आउँदै विवादित थिए जोशी शीर्षकमा मुख्य समाचार छापेको नयाँ पत्रिकाले २०७१ मा संसदीय सुनुवाइ समितिमा पहिलोपटक मतदान हुँदा ६७ मध्ये २५ सदस्य उनको विपक्षमा रहेको उल्लेख गरेको छ । यस्तै गाँजा तस्करी र वालिका बलात्कारमा जोशीको फैसलामाथि पुनरावेदन र सर्वोच्च अदालतले प्रश्न उठाएको नयाँ पत्रिकाले जनाएको छ । सरकारले सातै प्रदेशमा एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको विषयलाई पनि नयाँ पत्रिकाले विशेष महत्वका साथ छापेको छ । 

आजको अन्नपूर्णले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजदुत नियुक्तिका लागि गरिएको सिफारिस निष्क्रिय हुने अवस्थामा पुगेको र संघिय संसद्मा बल्ल विषयगत समिति गठन भएको विषयलाई प्राथमिकतामा पारेको छ । 

नागरिक दैनिकले भने सिक्टा सिँचाइमा भएको लापरबाहीका कारण आयोजना नै जोखिमलाई फलोअप गरेको छ । प्रकाशित खबरअनुसार पश्चिम मूल नहर अन्तर्गत १७.७ देखि ३५ किमिको बीचमा पर्ने नहरका अधिकांश ठाउँ भत्किने अवस्थामा पुगेको छ । नागरिकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको निर्णय हुन नसक्दा न्यायसम्पादन नै प्रभावित बनेको खबर पनि एङ्कर न्यूजका रुपमा छापेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।