सोमबार, असोज १२, २०८३

डिशहोमका दुई ग्राहकले जिते एक–एक लाख

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने भएका छन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं– १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने भएका छन्। साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

यसै योजना अन्तर्गत वैशाख पाँच गते र वैशाख १२ गते गरिएको लक्की ड्रमा दुईजना ग्राहकले एक–एक लाख जित्न सफल भएका छन्। डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाइकोमा गएर डिशहोमको फण्ड ट्रान्सफर मार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ । 

यस लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाइलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेस मा हुने गर्दछ ।


प्रकाशित: Apr 25, 2022| 17:51 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्