काठमाडौं- यातायात व्यवस्था विभागको महानिर्देशकमा लावण्य कुमार ढकाल नियुक्त भएका छन्।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठले विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराईलाई हटाएसँगै जेठदेखि उक्त महानिर्देशकको पदमा प्रेमकुमार सिंह निमित्त कायममुकायमको रुपमा रहेका थिए।
सोमबारदेखि भने उक्त महानिर्देशकको रिक्त पदमा लावण्ड्यकुमार ढकाल नियुक्त भएको विभागका सूचना अधिकारी तुल्सीराम अर्यालले बताए। यातायात क्षेत्रमा देखिएको व्यथिति तथा सिण्डिकेट हटाउन लागिपरेका भट्टराईलाई मन्त्री महासेठले हटाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४