शनिबार, वैशाख ८, २०८१

चिरिबाबुले फेरि बाजी मार्लान् कि व्यञ्जनकारले बदला लेलान्?

०७४ सालको निर्वाचनमा कांग्रेसबाट चिरिबाबु महर्जन र एमालेबाट हरिकृष्ण व्यञ्जनकार प्रतिस्पर्धामा थिए। र, अहिले पनि महर्जन र व्यञ्जनकार नै प्रतिस्पर्धामा उत्रिएका छन्।
 |  सोमबार, वैशाख १२, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

सोमबार, वैशाख १२, २०७९

काठमाडौं– यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा रोचक प्रतिस्पर्धा हुने भएको छ। २०७४ सालको स्थानीय निर्वाचनकै उम्मेदवारहरू पुनः मैदानमा उत्रने भएपछि लतिलपुरको चुनाव रोचक हुने भएको हो। 

triton college

०७४ सालको निर्वाचनमा कांग्रेसबाट चिरिबाबु महर्जन र एमालेबाट हरिकृष्ण व्यञ्जनकार प्रतिस्पर्धामा थिए। र, अहिले पनि महर्जन र व्यञ्जनकार नै प्रतिस्पर्धामा उत्रिएका छन्। एमालेले गत शनिबार व्यञ्जनकारलाई ललितपुर महानगरको मेयरमा उठाउने निर्णय गरेको थियो। कांग्रेसले आज सोमबारमात्रै महर्जनलाई मेयरको टिकट दिने निर्णय गरेको छ। 

एमाले केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला सहइन्चार्ज रहेका व्यञ्जनकारलाई एमालेको महानगर कमिटीले सर्वसम्मत मेयरमा सिफारिस गरेको थियो। कांग्रेसले भने महर्जनसँगै उपमेयर गीता सत्याल, महानगर सभापति शुभानन धाख्वा, पूर्वसभापति राजेश महर्जन, भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन र अनन्तप्रकाश श्रेष्ठलाई मेयरमा सिफारिस गरेको थियो। तर, सभापति देउवाले महर्जनलाई पुनः मेयरमा दोहोर्याउने निर्णय गरेका हुन्। 

पाँच वर्षपछि आमनेसामने, कस्तो छ गणित?

०७४ सालको निर्वाचनको मत परिणाम हेर्ने हो भने यसपटक ललितपुरको मेयरको प्रतिस्पर्धा रोचक हुनेछ। किनकी महर्जन पुनः व्यञ्जनकारलाई पराजित गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रनेछन्। व्यञ्जनकार ०७४ सालमा महर्जनसँग व्यहोरेको पराजयको बदला लिन चाहन्छन्। 

corrent noodles
Metro Mart

०७४ सालमा महर्जनले व्यञ्जनकारलाई ३२६ मत अन्तरले मात्र पराजित गरेका थिए। मेयरमा विजयी महर्जनले २४ हजार ६ सय ४२ मत ल्याउँदा व्यञ्जनकारले २४ हजार ३ सय १६ मत प्राप्त गरेका थिए। 

०७४ सालको चुनावी परिणामको आँकडा र बदलिएको समीकरणलाई हेर्ने हो भने महर्जनलाई दोस्रो पटक मेयर बन्न जति सहज देखिन्छ, व्यञ्जनकारलाई बदला लिन कठिन देखिन्छ। किनकी ०७४ सालमा एमालेले राप्रपासँग तालमेल गरेर निर्वाचन लडेको थियो। कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा थियो। 

०७४ सालको निर्वाचनमा कांग्रेसबाट चिरिबाबु महर्जन र एमालेबाट हरिकृष्ण व्यञ्जनकार प्रतिस्पर्धामा थिए। र, अहिले पनि महर्जन र व्यञ्जनकार नै प्रतिस्पर्धामा उत्रिएका छन्।

तर, यसपटक एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ। कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलसँग तालमेल गरेको छ। अघिल्लो पटकको चुनावी अंकगणित केलाउँदा व्यञ्जनकारले ल्याएको कुल मत २४ हजार ३ सय १६ मा राप्रपाको मत समेत जोडिएको देखिन्छ। किनकी राप्रपाबाट उपमेयर उठेका बाबुकाजी थापाले १० हजार ५ सय ४७ मत प्राप्त गरेका थिए। एमाले र राप्रपाको गठबन्धनलाई चिरेर मेयर बनेका महर्जनलाई यसपटक कांग्रेससँगै माओवादी केन्द्र र नेकपा एसको मत समेत थपिनेछ।

अघिल्लो निर्वाचनमा माओवादीले १० हजारभन्दा बढी मत ल्याएको थियो। माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा मेयरमा दिनेश महर्जनलाई अघि सारेको थियो। तेस्रो बनेका महर्जनले १० हजार ६ सय ६१ मत ल्याएका थिए। यसपटक यो मत चिरिबाबु तर्फ सोझिनेछ। यस्तै एमालेबाट विभाजित बनेको नेकपा एसले व्यञ्जनकारको भोट काट्न सक्नेछ। 

त्यसो त पदमा रहँदा व्यहोर्नुपरेको आलोचनाले महर्जनलाई समस्या पर्न सक्छ। फ्लाइ ओभर, रेल लगायतका महत्वाकांक्षी योजना चिरिबाबुले पहिलो कार्यकालमा अघि बढाउन सकेनन्। तर, सम्पदा संरक्षणको क्षेत्रमा भने महर्जनले राम्रो काम गरेका थिए। व्यञ्जनकार भने अघिल्लो निर्वाचनमा झिनो मत अन्तरले व्यहोर्नुपरेको पराजयको सेन्टिमेन्ट क्यास गर्ने प्रयासमा हुनेछन्। 

यसपटक उपमेयरमा एमालेबाट मञ्जली शाक्य बज्राचार्य प्रतिस्पर्धामा उत्रनेछिन्। सत्तारुढ गठबन्धनले टुंग्याएको भागण्डा अनुसार लतिलपुरको उमपेयर माओवादी केन्द्रको भागमा परेको छ। माओवादी केन्द्रले ललितपुरको उपमेयरमा बाबुराजा बज्राचार्यलाई अघि सारेको छ। अघिल्लो निर्वाचनमा ललितपुरको उमपेयरमा कांग्रेसकी गीता सत्याल विजयी भएकी थिइन्।  

के भन्छन् चिरिबाबु र हरिकृष्ण? 

कांग्रेसबाट दोस्रो पटक मेयरको उम्मेदवार बनेका महर्जनले ललितपुरमा पुनः जित्ने दाबी गरेका छन्। टिकट फाइनल भएपछि सांक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मैले टिकट पाएको खबर प्राप्त भएको छ। अब ललितपुरमा कांग्रेसले जित्ने पक्का भयो।’ 

व्यञ्जनकारले भने गठबन्धनसँग डराउनुपर्ने अवस्था नरहेको दाबी गरेका छन्। कमजोर भएकाहरुले गठबन्धन गर्ने बताउँदै उनले ५ दलसँग एमाले एक्लै लड्न तयार भएको बताए। ‘गठबन्धनसँग डराउनुपर्ने अवस्था छैन। किन डराउने? कमजोर भएकाहरुले गठबन्धन गर्ने हो। हामी ५ दलको गठबन्धनसँग एक्लै मुकाबला गर्न तयार छौं,’ व्यञ्जनकारले भनेका छन्, ‘मैले हाम्रो जितका आधार प्रस्तुत गर्दै आएको छ। पहिला हामीले धेरै ठाउँमा सय भोटले हारेका हौं। त्यो बेला माओवादी अलि बलियो थियो। तर, अहिले त्यो अवस्था छैन। करिब ६ हजार माओवादी एमालेमा आइसकेका छन्। त्यसैले हामी पहिले भन्दा धेरै बलियो बनेका छौं।’

व्यञ्जनकारले अघिल्लो निर्वाचनमा दुईवटा वडाको मतगणनामा तलमाथि भएको भन्दै फेरि गन्न माग गरेका थिए। तर, निर्वाचन अधिकृतले पुनः मतगणना गर्न नमानेको बताउँदै आएका छन्। उनले चिरिबाबुको पाँच वर्षे कार्यकालको चिरफार गरेर चुनावमा जाने तयारी गरेका छन्।

तथ्यांकमा ललितपुर महानगर 

कुल जनसंख्याः २ लाख ९९ हजार ८ सय ४३ 

कुल मतदाता संख्याः  १ लाख २२ हजार ८९०

कुल वडाः २९

अघिल्लो पटक मेयर जितेको दलः कांग्रेस 

अघिल्लो पटक उपमेयर जितेको दलः कांग्रेस 

कांग्रेसले जितेका वडाः १० 

एमालेले जितेका वडाः १३

माओवादीले जितेका वडाः ४




प्रकाशित: Apr 25, 2022| 13:26 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...