काठमाडौं- देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
कैलालीको गौरीगंगा नगरपालिका-१ लठैया बस्ने धन सिंह रानाको छोरा १३ वर्षीय गोपाल राना मगरको शव आइतबार फेला परेको हो। सोही ठाउँस्थित गौरीगंगा नदीमा आइतबार मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
खोलामा नुहाउन जान्छु भनी गएकोमा घर फर्किएपछि रानाको खोजी गर्ने क्रममा नदीमा डुबेको अवस्थामा शव फेला परेको थियो।
यस्तै बारा बारा कोल्हबी नगरपालिका-२ स्थित तामागढी साझेदारी वनमा पहिचान खुल्न नसकेका अन्दाजी ५० वर्षीय पुरुषको शव आइतबार फेला परेको प्रहरीले जनाएको छ।