मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखराबाहेक कास्कीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, एमाले उम्मेदवार पौडेल विवादित

पोखराबाहेक कास्कीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, एमाले उम्मेदवार पौडेल विवादित

नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरी स्थानीय चुनावमा भाग लिने निर्णय गरेकव छ। कांग्रेस कास्कीको आइतबार बसेको बैठकले मित्रवत प्रतिस्पर्धामार्फत चुनावमा जाने निर्णय गरेको हो।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरी स्थानीय चुनावमा भाग लिने निर्णय गरेको छ। कांग्रेस कास्कीको आइतबार बसेको बैठकले मित्रवत प्रतिस्पर्धामार्फत चुनावमा जाने निर्णय गरेको हो।

कांग्रेस कार्यकर्ताले गठबन्धन नगर्न भन्दै कांग्रेस कास्कीका पदाधिकारीलाई पाँच घण्टा कार्यालयमा थुनेका थिए। कांग्रेसले महानगरका ३३ वटै वडा र अन्य चार पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको हो।

गठबन्धनको नेतृत्व गरेको कांग्रेसलाई कार्यकर्ताले महानगरको नेतृत्व नछाड्न दवाव दिइरहेका थिए। कास्कीमा सत्ता गठबन्धनको बैठक चलिरहेको थियो। उता कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल पार्टी कार्यालय पुगेर पार्टी बैठक बस्ने भन्दै निस्किए। पार्टी कार्यालय पुगेका सभापति बराललगायत पदाधिकारीलाई कार्यकर्ताले कार्यालयमै थुनेर नाराबाजी गर्दै गठबन्धन नगर्न दवाव दिएका थिए।

कार्यकर्ताले पार्टी कार्यालयमै थुनेपछि पोखरा बाहेक कास्कीमा कांग्रेस मित्रवत प्रतिस्पर्धा गर्नेभन्दै गठबन्धनबाट बाहिरिन बाध्य बनेको थियो। पोखराको मेयर एकीकृत समाजवादीले पाउने खबर पाएदेखि कांग्रेस कार्यकर्ता रुष्ट थिए। 

अब कांग्रेसले मेयरमा एकीकृत समाजवादीलाई समर्थन त गर्ने भएको छ, तर महानगरको सबै वडा र जिल्लाका अरु पालिकामा अरु दलसँग प्रतिस्पर्धा गर्ने भएको छ।

गठबन्धन आवद्ध दलहरू मात्र होइन पोखरामा एमाले पनि झमेलमा फसेको छ। एमालेले पोखराको मेयर र उपमेयरको नाम टुंग्याउँदा पनि मेयरका उम्मेदवारमाथि चोरीको आरोप लगाएर पुरानो भिडियो भाइरल बनाइएको छ।

एमालेले पोखरा महानगरको मेयर उम्मेदवार बनाएका नेता दीपक पौडेललाई जोडेर अहिले एउटा भिडिओ भाइरल भइरहेको हो।

उपमेयरले पनि फेरि त्यही पदमा चुनाव नलड्ने बताएकी छन्। यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्ने संकटमा एमाले रहेको छ।

माओवादीले २०७४ मा मादी गाउँपालिकाका ३ वडाबाहेक अन्यत्र जितेको छैन। यो पटक ४ वटा पालिका उपप्रमुख र पोखराका ६ वडा पाउने गरी सहमति नजिक पुगिसकेको अवस्थामा कांग्रेस गठबन्धनबाट बाहिरिने भएपछि माणवादी पनि अप्ठ्यारोमा परेको छ।

प्रकाशित: Apr 25, 2022| 08:28 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।