मंगलबार, साउन २६, २०८३

धादिङमा बस र कार ठोकिँदा पाँचजनाको मृत्यु

धादिङको थाक्रे गाउँपालिका-७ जुंगेखोलामा बस र कार ठोकिँदा पाँचजनाको ज्यान गएको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका-७ जुंगेखोलामा बस र कार ठोकिँदा पाँचजनाको ज्यान गएको छ। 

काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा५ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट  कारमा सवार पाँचै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय विमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीय सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवाल रहेका छन्।

प्रकाशित: Apr 25, 2022| 07:05 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।