ट्युनिसिया- ट्युनिसियाको पूर्वी तटबाट १२० जना प्रवासी बोकेका चारवटा डुङ्गा डुब्दा कम्तीमा १७ जना आप्रवासी शरणार्थीको मृत्यु भएको छ।
घटनामा अन्य १० जना हराइरहेको प्रारम्भिक जानकारी रहेको ट्युनिसियाको निजी रेडियो स्टेशन मोसाईक एफएमले आइतबार सरकारी अधिकारीलाई उद्धृत गरी लेखेको छ।
रेडियाका अनुसार, डुङ्गामा सवार ९८ जना आप्रवासीलाई स्फ्याक्स शहरको तटबाट उद्धार गरिएको छ र हराएका आप्रवासीहरूको खोजी अझै चलिरहेको छ।