मंगलबार, साउन २६, २०८३

एसईई परीक्षा : सिरहामा ८० विद्यार्थी निष्कासित

माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै ८० जना परीक्षार्थीलाई निष्कासन गरिएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै ८० जना परीक्षार्थीलाई निष्कासन गरिएको छ। 

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको नेतृत्वमा गएको अनुगमन टोलीले परीक्षामा चिठ, फ्ल्याप र मोबाइल प्रयोग गरी परीक्षाको मर्यादा विपरीत कार्य गरेकोग भन्दै सिरहाको विभिन्न परीक्षा केन्द्रबाट ८० जना विद्यार्थीलाई निष्कासन गरेको हो। 

सिरहाको लहान नगरपालिका–१३ स्थित बस्तीपुर माविबाट ३५, लहान नगरपालिका २० स्थित माध्यमिक विद्यालय हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरिया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ विद्यार्थीलाई निष्कासन गरेको प्रजिअ कवाडीले जानकारी दिए। 

यस वर्षको एसईई परीक्षामा सिरहा जिल्लाबाट १६२ विद्यालयका १० हजार ६४० जना परीक्षार्थी सहभागी रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ सिरहाले जनाएको छ। 

प्रकाशित: Apr 24, 2022| 22:50 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।