शनिबार, असार ६, २०८३

निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलको सहभागिता थियो।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- स्थानीय तह निर्वाचन- २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीहरुबीच आइतबार छलफल भएको छ।

National life

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलको सहभागिता थियो। 

नेपाली सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथीलगायत अन्य सुरक्षा निकायका पदाधिकारीको सहभागिता रहेको उक्त बैठकमा सेनाको युद्धकार्य निर्देशनालयबाट निर्वाचनका लागि नेपाली सेनाले हालसम्म गरेका कार्य प्रगति तथा अन्य सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने विषयमा प्रस्तुतीकरण गरिएको नेपाली सेनाले जनाएको छ।

बैठकमा स्थानीय तह निर्वाचन–२०७९ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी आपसी समन्वय र सहकार्यका साथ प्रभावकारीरूपमा कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको थियो।

प्रकाशित: Apr 24, 2022| 21:20 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।