शनिबार, असार ६, २०८३

नवौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला

यो वर्षको लागि सञ्‍चालन गरिने नवौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आइतबार खुलेको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)ले आयोजना गर्ने ओलम्यिाडको आवेदन खुलेको आइतबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिइएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- यो वर्षको लागि सञ्‍चालन गरिने नवौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आइतबार खुलेको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)ले आयोजना गर्ने ओलम्यिाडको आवेदन खुलेको आइतबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिइएको छ।

National life

‘विद्यालय तहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि सञ्‍चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिनेछ।’

ओलम्पियाडमा कक्षा ८ देखि कक्षा १० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११ देखि १२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्ने आयोजकले बताएको छ। ओलम्पियाडको पहिलो चरणको छनोट परिक्षा प्रादेशिक चरणको रुपमा बैशाख २४ देखि हुनेछ। 

उक्त दिन शनिबार बिहान दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिने आयोजकले बताएको छ। ओलम्पियाडमा सहभागी हुन चहाने विद्यार्थीहरूले आवेदन फारम संबन्धित प्रदेशका संयोजकलाई बुझाउन आयोजकले अनुरोध गरेको छ।

प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय) मा संबन्धित प्रदेशका विद्यार्थीहरुलाई सामेल गराइनेछ। यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइने आयोजले बताएको छ।

Shivam cement

तेस्रो चरणको मूल्याङ्कन मार्फत् सहभागी विद्यार्थीहरूलाई यो वर्ष संचालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफ़िसिक्स ओलम्पियाडहरुको लागि सिफारिस गरिनेछ।

प्रकाशित: Apr 24, 2022| 19:01 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।