बिहीबार, कात्तिक १२, २०८३

'द सेल्फिस सिटी' लिएर आए धमला

लामो समयदेखि शिक्षण सेवामा आबद्ध रहेका भोजकुमार धमलाको पहिलो कवितात्मक पुस्तक ‘द सेल्फिस सिटी’ लोकार्पण भएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– अंग्रेजी भाषाका कृतिहरु नेपाली साहित्य बजारमा कमै लोकार्पण हुने गर्छन्। तर, पछिल्लो समय नेपाली साहित्य बजारमा अंग्रेजी भाषाका कृतिको विमोचन तथा पुस्तक परिचर्चा पनि राम्रै हुन थालेको नकार्न सकिँदैन। यस्तै भयो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा।

लामो समयदेखि शिक्षण सेवामा आबद्ध रहेका भोजकुमार धमलाको पहिलो कवितात्मक पुस्तक ‘द सेल्फिस सिटी’ लोकार्पण भएको छ। पुस्तक महाकविका छोरा पद्मप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा विमोचन गरिएको थियो। उनले कार्यक्रममा अंग्रेजी भाषाको पुस्तक धेरै भएपनि अन्य भन्दा धमलाको ‘द सेल्फिस सिटी’ फरक रहेको बताए। उनले भने, ‘नेपालमा अंगे्रजी साहित्य पनि राम्रो लेखिन थालेको महुशस भयो। पुस्तकमा समेटिएका कविताहरू अर्थपूर्ण र मनन गर्न बाध्य बनाउने खालका छन्।’

पुस्तकमाथि अर्का वक्ता प्रा. डा. अरूण गुप्तोले द सेल्फिस सिटी’ पुस्तक व्याङ्ग्यात्मक शैलीमा पेचिला शब्दको प्रयोग भएको बताए। उनले पुस्तकका बारेमा बोल्दै भने, ‘लेखक धमलाको यो पुस्तकले परम्परागत लेखनमाथि प्रहार गर्दै पहिचानको विचार विमर्श गराउन सघाउने छ।’

अंग्रेजी भाषाको पुस्तक प्रकाशन गर्नु नै ठूलो जोखिम मोल्नु रहेको बताए वक्ता प्रा. केशल सिग्देलले। उनले भने, ‘नेपालमा रहेर नेपाली पुस्तक प्रकाशन गर्नै गाह्रो रहेको बेला अंग्रेजी भाषाको पुस्तक निकाल्नु आफैमा ठूलो उपलब्धी हो।’ 

सञ्चारकर्मी तथा राजनीतिक विश्लेषक मुमाराम खनालले लेखकले बहुआयामिक भूमिकामा अभिनय गरेको पुस्तकमा समाज तथा राजनीतिक परिवर्तमा समेत महत्वपूर्ण भूमिका रहने बताए। पुस्तकमा विभिन्न खालका परिवेशको भोगाइलाई आकर्षक शैलीमा उतारेको भनाइ उनको थियो।

कार्यक्रममा लेखक धमलाले पुस्तक लेखनका अनुभव पनि सुनाएका थिए। 

प्रकाशित: Apr 24, 2022| 14:13 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।