धनगढी- धनगढी उपमहानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गर्न गइरहेको गोपाल हमालको र्यालीबाट लागूऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मेयरमा मनोनयनका लागि धनगढीको ट्राफिक चौराहबाट सुरु भएको र्यालीमा हमाल समर्थक नरेश बाजी चरेससहित पक्राउ परेका हुन्।
र्यालीमा गोपाल हमालको समर्थनमा नाराबाजी गरिरहेको समयमा उनको साथबाट २० ग्राम चरे बरामद भएको प्रहरीले जनाएको छ। हमाल धनगढीबाट स्वतन्त्र मेयरका प्रत्यासी हुन्।
पक्राउ परेका बाजीलाई जिल्ला प्रहरी कार्यालय ल्याएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।