मंगलबार, असोज २७, २०८३

वाइडबडी ‘अन्‍नपूर्ण’ दोहा पुग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल वायुसेवा निगमको वाइडबडी विमान अन्नपूर्णले पहिलो उडान भरेको छ। 

केही साता अघि खरीद गरेको एयरबस ३३०-२०० वाइडवडी विमान ‘अन्नपूर्ण’ ले बुधबारदेखि व्यावसायिक उडान प्रारम्भ गरेको छ। निगमले खरीद गरेका दुईवटा वाइड्वडी विमानमध्ये यो पहिलो हो। 

नागरिक उड्डयन प्राधिकरणबाट उडानयोग्य प्रमाणपत्र (एओसी) प्राप्त गरेपछि दोश्रो विमानले पनि व्यावसायिक उडान गर्नेछ ।

बुधबार साँझ ९ः३० बजे दोहाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको अन्नपूर्ण नाम दिइएको उक्त विमान करिव ५ घण्टाको उडान पछि दोहा पुगेको थियो। २७४ सीट क्षमताको उक्त विमानबाट २४६ यात्रुले यात्रा गरेका थिए। उक्त विमान आज दोहाबाट काठमाडौं फर्केको छ। उक्त उडानमा २५९ यात्रुहरु सवार थिए। विमानलाई क्या. फ्रास्वाँ फेनार्ट र क्या. श्रवण रिजालले उडाएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडानमा दोहा जान लागेका यात्रुहरुलाई निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार र नायव महाप्रवन्धक गणेशबहादुर चन्दले खादा र उपहार सहित विदाई गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्